• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

एस्टन भिल्लाले न्युक्यासललाई हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एस्टन भिल्लाले सानदार जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा एस्टन भिल्लाले न्युक्यासल युनाइटेडलाई ३–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा एस्टनलाई जित दिलाउन वली वाट्कीन्सले दुई तथा जाकोव राम्सेले एक गोल गरे । खेलको ११ औं मिनेटमा जाकोवले गोल गर्दै एस्टनलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, दोस्रो हाफको ६४ औं ८३ औं मिनेटमा वाट्कीन्सले गोल गर्दै एस्टनलाई सहज जित दिलाए ।

लगातार पाँचौं खेलमा जित निकालेको एस्टन भिल्ला ३१ खेलमा ५० अंकसहित छैटौं स्थानमा छ । यता पराजित न्युक्यासल ३० खेलमा ५६ अंकसहित तेस्रो स्थानमा यथावत छ ।