२१ असार २०८३, आईतवार
,
Latest
अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेटले हरायो



अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कपअघि ओमानसँगको अभ्यास खेलमा नेपाल विजयी भएको छ ।

ओमानले दिएको २४७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा अर्जुन साउद, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । अर्जुनले ६७ रन, दीपेन्द्रसींहले ५९ रन र रोहितले ५६ रनमा आउट भए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २४५ रन बनाएको थियो ।

प्रिमियर कप अघि यी दुवै टोलीले अभ्यास खेल खेलेका हुन् । यो खेलले कुनैपनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन ।

एसिसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म (अप्रिल १८ देखि १ मे) सम्म त्रिवि र मुलपानी मैदानमा हुँदैछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् ।




भर्खरै