१८ भाद्र २०८३, बिहीबार
,
Latest
घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार गोली प्रकरणः हजुरआमालाई गोली चलाएपछि भागेका थिए प्रकाश



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा तीर्थमालीमाथि गोली प्रहार गर्ने व्यक्ति कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षामा खटिने सुरक्षाकर्मी रहेको खुलेको छ ।

गएराति ९ बजेतिर बालुवाटारस्थित पुनकै निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् । उनी नाताले तीर्थमालीका नाति रहेको प्रहरीले जनाएको छ ।

नयाँ वर्ष मनाउन पुनको निवास पुगेका मगरले पुनकी आमा ७४ वर्षीया तीर्थमालीमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट चिनियाँ पेस्तोल ‘टाइप–५४’ बरामद गरेको छ । मगर नयाँ वर्ष मनाउन गए राति वर्षमानको निवासमा गएका थिए ।

वर्षमानकी आमाको गोडामा गोली लागेको छ । ट्रमा सेन्टरमा उनको उपचार जारी छ । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको जनाएको छ ।