२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार गोली प्रकरणः हजुरआमालाई गोली चलाएपछि भागेका थिए प्रकाश



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा तीर्थमालीमाथि गोली प्रहार गर्ने व्यक्ति कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षामा खटिने सुरक्षाकर्मी रहेको खुलेको छ ।

गएराति ९ बजेतिर बालुवाटारस्थित पुनकै निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् । उनी नाताले तीर्थमालीका नाति रहेको प्रहरीले जनाएको छ ।

नयाँ वर्ष मनाउन पुनको निवास पुगेका मगरले पुनकी आमा ७४ वर्षीया तीर्थमालीमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट चिनियाँ पेस्तोल ‘टाइप–५४’ बरामद गरेको छ । मगर नयाँ वर्ष मनाउन गए राति वर्षमानको निवासमा गएका थिए ।

वर्षमानकी आमाको गोडामा गोली लागेको छ । ट्रमा सेन्टरमा उनको उपचार जारी छ । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको जनाएको छ ।