४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

हैदरावादले कोलकातालाई २३ रनले हरायो, जारी आईपीएलको पहिलो शतक ब्रुकको नाममा

हैदरावादले कोलकातालाई २३ रनले हरायो, जारी आईपीएलको पहिलो शतक ब्रुकको नाममा
अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२३ को १६ औं सिजनको १९औं खेलमा हैदरावादले दोस्रो जित निकालेको छ ।

गएराति सम्पन्न खेलमा १३.२५ करोडमा बिक्रि भएका ब्याट्सम्यान ह्यारी ब्रुकको सानदार ब्याटिङमा तथा सिजनको पहिलो शतककीय इनिङ्समा हैदरावादले कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको हो । हैदरावादले कोलकातालाई उसकै मैदान इडेज गार्डेनमा पराजित गर्यो ।

यो साता पाँचौं टोलीले घरेलु मैदानमा खेल हारेको छ । यसअघि सोमबार बेंगलुरुमा आरसीबी, मंगलबार दिल्लीमा डीसी, बुधबार चेन्नईमा सीएसके, मोहालीमा पीबीकेएस म्याच हारेको थियो । हैदरावाद–कोलकाताको जित–हारको रेकर्डको बारेमा कुरा गर्दा, कोलकातामाथि हैदरावादको यो ९ औं जित हो । यी दुईबीच २४ खेल खेलिएका छन् ।

कोलकाताको इडेन गार्डेन रंगशालामा आयोजक कप्तान नितिश राणाले टस जितेर पहिले बलिङ रोजेका थिए । टस हारेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा चार विकेट गुमाएर २२८ रन बनाएर सिजनको सबैभन्दा ठूलो स्कोर बनाएको थियो । जवाफमा कोलकाताले २० ओभरमा सात विकेट गुमाएर २०५ रन मात्रै बनाउन सक्यो ।

ह्यारी ब्रुकको शतक
ह्यारी ब्रुकले आईपीएलमा आफ्नो पहिलो शतक बनाएका छन् । उनले ५५ बलमा शतक पूरा गरेका हुन् । उनले १२ चौका र ३ छक्का प्रहार गरे । यसअघि ब्रुकले ३२ बलमा आफ्नो पहिलो अर्धशतक पूरा गरे र यसलाई शतकमा परिणत गरे । ब्रुकले एडेन मार्करामसँग ४७ बलमा ७२ रनको साझेदारी गरे । यहाँ मार्कराम (५० रन) आफ्नो करियरको चौथो अर्धशतक बनाएर आउट भए । ह्यारी ब्रुकलाई हैदरावादले १३.२५ करोडमा टिममा भित्र्याएको थियो ।

हैदरावादका ह्यारी ब्रुकका अलावा कप्तान एडेन मार्करामले २६ बलमा ५० र अभिषेक शर्माले १७ बलमा ३२ रन बनाए । कोलकाताका आन्द्रे रसेलले तीन विकेट लिए भने वरुण चक्रवर्तीले एक विकेट लिए ।

जवाफी इनिङ्समा कोलकाताका ओपनर एन जगदीशनले ३६ रन जोडे भने कप्तान नितिश राणाले ४१ बलमा ७५ र रिंकु सिंहले ३१ बलमा ५८ रन बनाए । हैदरावादका मार्को यानसेन र मयंक मार्कण्डेले २–२ विकेट लिए । भुवनेश्वर कुमार, टी नटराजन र उमरान मलिकले एक–एक विकेट लिए ।

कोलकाताका लागि नितिश राणाले कप्तानी पारी खेले । उनले ४१ बलमा १८२.९३ को स्ट्राइक रेटमा ७५ रन बनाए । नितिशको इनिङ्समा ५ चौका र ६ छक्का समावेश थियो । राणाले जगदीशन र रिंकु सिंहसँग दुई अर्धशतकीय साझेदारी गरे । २० रनमा तीन विकेट गुमाएपछि कप्तान राणाले एन जगदीसनसँग अर्धशतकीय साझेदारी गर्दै टोलीलाई पुनर्जीवित गराए ।

नितिश राणाले द्रुत रन बनाए पनि २२९ रनको लक्ष्य पछ्याएको कोलकाताको टोलीलाई सुरुवाती झट्का लागेको थियो । टोलीले शून्य रनमा ओपनिङ गर्न आएका विकेटकिपर गुरबाजको पहिलो विकेट गुमायो ।

केही समयपछि वेंकटेश अय्यर पनि २० रनको टिमको स्कोरमा पेभिलियन फर्किए । उनी चौथो ओभरको दोस्रो बलमा यान्सेनबाट आउट भएका थिए । अर्को बलमा यानसेनले सुनिल नारायणलाई शून्य रनमै पेभिलियनको बाटो देखाए । केकेआरको टोलीले पावरप्लेको ६ ओभरमा तीन विकेट गुमाएर ६२ रन बनाएको थियो ।

आजको खेलः रोयल च्यालेन्जर्स बैंगलार भर्सेस दिल्ली क्यापिटल्स, दिउँसो ३ः४५ बजे
लखनउ सुपरजायन्ट्स भर्सेस पञ्जाव किंग्स, साँझ ७ः४५ बजे