४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नयाँ वर्षमा पाथीभरासहितका पर्यटकीय क्षेत्र भरिभराउ

नयाँ वर्षमा पाथीभरासहितका पर्यटकीय क्षेत्र भरिभराउ
अ+ अ-

ताप्लेजुङ । नयाँ वर्षमा आज ताप्लेजुङस्थित पाथीभरा मन्दिरसहित यहाँका पर्यटकीय क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन् ।

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, फुङलिङ बजार नजिकै रहेको सिद्धीडाँडा, सुकेटार, देउराली, भिन्तुना डाँडालगायत ठाउँमा दिनभरजसो आन्तरिक तथा बाह्य पर्यटकको भीडभाड रह्यो ।

सुकेटार क्षेत्रमा पिकनिकसहित थुप्रै समूह पुगेका थिए भने घुमघामका लागि पनि ठूलै सङ्ख्यामा पर्यटक पुगेका थिए । सधँैका वर्षको तुलनामा यो वर्ष यहाँ आन्तरिक पर्यटकको चहलपहल धेरै देखिएको सुकेटारका व्यवसायी दावा शेर्पाले बताउनुभयो ।

यता तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिरसहित पदमार्गका विभिन्न ठाउँमा दिनभर नै मानिसको भीडभाड रहेको स्थानीयले बताएका छन् । पाथीभरा मन्दिरमा आज मात्रै करिब दुई हजार मानिस पुगेका छन् । कोही पाथीभराको दर्शनका लागि त कोही घुमघामका क्रममा पाथीभरा क्षेत्रमा पुगेका हुन् ।

यो सङ्ख्या गत वर्षको वैशाख १ को तुलनामा धेरै रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । “भोलि शनिबार भए पनि आज नयाँ वर्ष भएकाले बाहिरका मानिस धेरै आएका छैनन्, तर आन्तरिक पर्यटक भने ठूलै सङ्ख्यामा पुगे, फेदी, काफ्लेपाटी, देउराली, सुकेटार जस्ता ठाउँमा घुमघाम गर्ने पर्यटकको चहलपहल निक्कै बढेको पाइयो”, काफ्लेले भन्नुभयो ।

पाथीभरामा हरेक शनिबार र मङ्गलबार दर्शन गर्नेको निक्कै भीड लाग्ने गर्छ । शनिबारको अघिल्लो दिन नै पाथीभरा क्षेत्रका होटल भरिभराउ हुन्छन् । तर नयाँ वर्ष शुक्रबार भएकाले शनिबार पूजाआजा गर्ने बाहिरका दर्शनार्थी न्यून सङ्ख्यामा आएको बताइएको छ । पाथीभराबाट कञ्चनजङ्घा हिमश्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न पाइनुका साथै पदमार्गमा पर्ने वनजङ्गलमा विभिन्न प्रजातिका गुरास फुलेकाले पनि नयाँ वर्षमा धेरै पर्यटक घुमघामका लागि पुगेको स्थानीयले बताएका छन् । पाथीभरा क्षेत्रमा आजभोलि चापसहित विभिन्न प्रजातिका गुरास ढकमक्क फुलेको देख्न पाइन्छ । देउरालीदेखि माथिल्लो फेदीसम्म नै गुराँसका बोट प्रसस्त पाइने भएकाले कोपिला र पलाएको फुलको मनोरम दृश्य देख्न पाइन्छ ।

बजार नजिक पर्ने सिद्धीडाँडा र भिन्तुनामा धेरै सङ्ख्यामा मानिस पुगेका छन् । धार्मिक रुपमा महत्वपूर्ण मानिने सिद्धीडाँडामा पोखरीसहित मन्दिर रहेका छन् । मन्दिरको दर्शनसँगै पोखरीको अवलोकन गर्न पाइने भएकाले यहाँ पनि पर्यटकको चहलपहल बढेको हो । बजार नजिकै पर्ने भएकाले टाढाटाढाका ठाउँमा पुग्न नसक्ने बजार क्षेत्रका पाको उमेरका बालबालिका सिद्धीडाँडामा पुगेका थिए । मन्दिरको दर्शन गर्ने, फोटो भिडियो लिने युवायुवतीको भीडभाड देखिएको स्थानीय ईन्द्र गुरुङले बताउनुभयो । कोभिड–१९ को सङ्क्रमणका केही वर्ष सुनसान जस्तै रहेका यी ठाउँमा यो पटक नयाँ वर्षको आगमनसँगै ठूलो सङ्ख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको स्थानीयले जानकारी दिए ।

ग्रामीण क्षेत्रका पर्यटकीय ठाउँमा आज चहलपहल बढ्यो । मिक्वाखोला गाउँपालिकामा पर्ने फुङफुङे झरना, मेरिङदेन गाउँपालिकामा पर्ने गुरासे पोखरीसहितका ठाउँमा स्थानीय मानिस नयाँ वर्षका अवसरमा घुम्न पुगेका थिए । मिक्वाखोला गाउँपालिकाको केन्द्र सावामा रहेको झरनासम्म नै सडक पुगेकाले पछिल्लो समयमा यहाँ आन्तरिक र बाह्य पर्यटक पुग्न थालेका छन् । दैनिकजसो पर्यटक पुग्ने झरनामा चाडपर्व, उत्सव आदि समयमा भने आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्छ ।

मेरिङदेन गाउँपालिकामा पर्ने गुराँसे पोखरीमा पनि आन्तरिक पर्यटक पुग्ने क्रम बढ्दै गएको छ । पोखरीसम्म सडक बाटो पुगेकाले र आसपासमा होटल पसलका संरचना बनेर सञ्चालनमा आएपछि उक्त क्षेत्रमा पर्यटक पुग्न थालेका हुन् । पोखरीलाई सफा गर्ने र बारबेर गर्ने कार्य गाउँपालिकाले गरेको थियो । पोखरीमा जमेको माटो निकालेर पानीले पोखरी भरिएपछि उक्त ठाउँमा टाढाका मानिस पुग्न थालेको स्थानीय फुर्वा शेर्पाले जानकारी दिनुभयो ।