१३ आश्विन २०८१, आईतवार
,
Latest
प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिस्नु लगाएर सुदूरपश्चिममा बिसु पर्व मनाइयो



अ+ अ-

धनगढी, । नेकपा (एमाले) का नेताहरुले एक–अर्कालाई सिस्नु लगाएर सुदूरपश्चिमको मौलिक पर्व विसु र नयाँ वर्ष मनाएका छन् । सो पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीद्वारा धनगढीमा आयोजित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले शुक्रबार मञ्चमा रहेका नेतालाई सिस्नु लगाएर कार्यक्रमको उदघाटन गर्नुभएको हो ।

पौडलले सिस्नु लगाएपछि अरु नेताहरुले पनि एक–अर्कालाई सिस्नु लगाउनुभयो । मञ्चमा नेताहरुवीच सिस्नु लगाउने होड चलेपछि हलमा रहेका कार्यकर्तावीच पनि एकअर्कालाई सिस्नु लगाउने प्रतिस्पर्धा चलेको थियो ।

“विसु पर्व सामाजिक एकता कायम गर्न महत्वपूर्ण हुने थाहा पाएपछि मैले नै यो कार्यक्रम आयोजना गर्ने सल्लाह दिएँ” सुदूरपश्चिममा मिसन ग्रासरुट अभियानका कमाण्डर समेत रहनुभएका पौडेलले भन्नुभयो ।

वर्षभर भएका मनमुटाव अन्त्य गर्ने, एकता र भाइचारा वृद्धि गर्ने यो पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउन आफूले पहल लिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो पर्वको जगेर्ना गर्न जरुरी छ, यो पर्वलाई हरेक वर्ष सुदूरपश्चिममा मात्र होइन, घर–घर र टोलटोलमा मनाउन जरुरी छ ।”

जसरी सुदूरपश्चिमको देउडा देशभर प्रिय बनेको छ, त्यसैगरी विसुपर्व पनि सबैलाई मनपर्ने पर्व सावित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । विसु पर्वले विगतका मनमुटाव भुलेर एकताका साथ असल संकल्प लिएर अघि बढ्ने सन्देश दिन्छ, आज विसु पर्व मनाएपछि पनि एमालेका नेताले झैझगडा गरेमा आफूलाई उहाँको नाम दिन पनि नेता पौडलले आग्रह गर्नुभयो ।

सुदूरपश्चिमका नेतावीचको आपसी एकता कायम रहेमा यो प्रदेशमा एमाले एक नम्बर पार्टी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सबै नेता र कार्यकर्ताबीच एकता कायम हुनुपर्छ उपाध्यक्ष पौडेलले बताउनुभयो ।

कार्यक्रममा एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले विसु पर्वको औचित्यबारे प्रकाश पार्दै यो पर्व सुदूरपश्चिम, कर्णालीका साथै भारतका कुमाउ गढवालतिर पनि प्रसिद्ध रहेको दावी गर्नुभयो ।

प्रदेश अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी समिति सदस्यद्वय कर्णबहादुर थापा र विन्दा पाण्डेले विसु पर्वको सन्देशअनुसार पार्टी बलियो बनाउनु आपसी एकता बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

विसुपर्व मनाउन कैलालीको पहाडी क्षेत्रको पालिका चुरेबाट सिस्नु ल्याइएको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नेता तथा अगुवा कार्यकर्ताको सहभागिता थियो । गोरखापत्रबाट