• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

राप्रपाको युवा संगठनद्वारा रक्तदानको आयोजना, अध्यक्ष लिङ्देनले गरे ८४ पटक रक्तदान



काठमाडौं । राप्रपासंग आबद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान एवं रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रक्तदान गरि कार्यक्रमको शुभारम्भ गर्नुभएको छ। अध्यक्ष लिङ्देनले आज ८४ औं पटक रक्तदान गर्नुभएको हो। रक्तदान जस्तो पवित्र कार्यबाट वर्षको शुरुआत गर्न पाएकोमा प्रसन्नता व्यक्त गर्दै अध्यक्ष लिङ्देनले नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना समेत व्यक्त गर्नुभयो ।

युवा संगठनद्वारा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देन, महामन्त्री डा.धवल शमशेर राणा, प्रवक्ता मोहन श्रेष्ठ, सांसद बिना लामा, सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष, युवा संगठन अध्यक्ष सुजित केसी, युवा मोर्चा अध्यक्ष कैलाश कटुवाल लगायत ५७ जनाले रक्तदान गरेको संगठनका संयोजक सुजित केसीले जानकारी दिएका छन् ।