४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जनताको समृद्धिलाई केन्द्रमा राख्दै सुशासन र सहज सेवा प्रवाह गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

जनताको समृद्धिलाई केन्द्रमा राख्दै सुशासन र सहज सेवा प्रवाह गर्न पूर्वराष्ट्रपति  भण्डारीको आग्रह
अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाली सपनाको समवेत स्वरूप दिन नयाँ वर्षले हामी सबैलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नयाँ वर्ष २०८० सालको अवसरमा दिनुभएको शुभकामना सन्देश उहाँले समयको गतिसँगै प्राप्त हुने अवसरलाई सदुपयोग गर्न सकेमा मात्रै जनताले देखेको प्रगतिको सपना वास्तविक अर्थमा साकार पार्न सकिने उल्लेख गर्नुभएको छ ।

सन्देशको पूर्णपाठ

नयाँ वर्ष २०८० साल र नयाँ दशक समेतको सुखद् प्रारम्भको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र आरोग्यका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

नयाँ वर्षलाई विगतको समीक्षा गर्ने तथा आगतको आकाङ्क्षा मुखरित गर्ने अवसरका रूपमा हामीले स्वागत गर्दै आएका छौं । विगतको दशकमा हामीले जनताका प्रतिनिधिमार्फत नयाँ संविधान निर्माण गर्‍यौँ । दशकको मध्यतिर हासिल गरिएको ७ प्रतिशतको आर्थिक वृद्धिदर इतिहासकै उच्चमध्ये रहेतापनि कोभिड–१९ महामारी लगायतका कारणले त्यसलाई निरन्तरता दिन सकिएन । संविधानले परिकल्पना गरेको समावेशी लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नका लागि जनताको समृद्धिलाई केन्द्रमा राख्दै सुशासन र सहज सेवा प्रवाहमा जोड दिन म सम्पूर्ण राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिहरूमा हार्दिक अपील गर्दछु ।

आज हाम्रो सामु युवा शक्तिलाई मुलुकको विकासमा सहभागी गराउने, उद्यमीहरूका निम्ति अवसर सृजना गर्ने तथा कृषि, शिक्षा र नवप्रवर्तनका क्षेत्रमा नेपालको क्षमता प्रदर्शन गर्ने ठूलो चुनौती विद्यमान छ ।

समयको गतिसँगै प्राप्त हुने अवसरलाई सदुपयोग गर्न सकेमा मात्रै जनताले देखेको प्रगतिको सपना वास्तविक अर्थमा साकार पार्न सकिन्छ । नेपाली जनताको समृद्धि र प्रगतिको आकाङ्क्षालाई सम्बोधन गर्दै नेपाली सपनाको समवेत स्वरूप दिन नयाँ वर्षले हामी सबैलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्दछु ।
धन्यवाद ।

२०८० साल वैशाख १ गते शुक्रबार ।