२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नैराश्यतालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरौं: राष्ट्रपति



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २०८० सालमा राष्ट्रका अपार स्रोत सम्पदा र सम्भावनाको उद्‌घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहन आग्रह गर्नुभएको छ ।

नव वर्ष २०८० सालको शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले जनताका प्रतिनिधिहरूबाट निर्मित विधि र पद्धतिबमोजिम संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था चल्ने चलाउने भन्ने नै संवैधानिक राष्ट्रिय प्रतिज्ञा र घोषणा भएकाले मुलुक सोहीअनुरूप अघि बढ्नु पर्दछ भन्ने कुरामा प्रतिबद्धता रहेको बताउनुभएको छ ।

साथै राष्ट्रपति पौडेलले लोकतान्त्रिक मूल्य, मान्यता र परम्परालाई आत्मसात् गरेमात्र मुलुकमा शान्ति, विकास र समृद्धि कायम भई हामी समाजवादतर्फ उन्मुख हुने बताउनुभएको छ ।

शुभकामना सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ,‘आर्थिक रूपमा देश सबल र सक्षम हुनुपर्दछ भन्ने मान्यता हामी सबैको हो । तर, केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनु पर्दछ ।सबै कठिन परिवेशमाझ हरेक प्रकारले सजग रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहयोग र सद्‌भाव लिई हाम्रा कदमहरू अगाडि बढ्ने कुरामा म विश्वस्त छु ।हामी माझ व्याप्त नैराश्यतालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरौं । श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरौं र राष्ट्रका अपार स्रोत सम्पदा र सम्भावनाको उद्‌घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौं ।’