२१ असार २०८३, आईतवार
,
Latest
कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउँछुः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई जनताले हेर्ने दृष्टिकोण सकारात्मक बनाउने बताउनुभएको छ ।

बिहीवार महासंघको अध्यक्षको शपथग्रहण पश्चात अध्यक्ष ढकालले आफ्नो कार्यकालमा मुख्य ५ कामलाई पाथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले निजी क्षेत्रलाई हेर्न दृष्टिकोण परिर्वतन गर्ने काम शुरु भएको भन्दै केही दिनमा यसको नतिजा देखिने बताउनु भयो। उहाँले जिल्ला नगरबाट आएको यस्ता मागहरु तत्काल समाधान गर्नेपनि बताउनु भयो। उहाँले पछिल्लो समय कोरोना महामारी लगायत अन्य बाह्य कारणले गुमेको रोजगारी बढाउन, राज्यको नीति व्यवसायीमैत्री बनाउन पहल गर्ने बताउनु भयो ।

उहाँले महासंघमा नेतृत्वलाई गाली गर्नुभन्दा पनि सबैबीच सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष ढकालले वैदेशिक लगानी ल्याउन नीति सुधार गर्न पहल गर्ने प्रतिवद्धता जनाउनु भयो। उहाँले महासंघको आफ्नो कार्यकालमा केही न केही सुधार गर्ने बताउनु भयो । उहाँले चुनावसम्म पक्ष–विपक्ष भएपनि अब सबै एक भएर महासंघलाई सुुधार गर्ने बताउनु भयो। अध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा सर्वसहमतिका लागि ठूलो छाती गरेको भन्दै ढकालले अर्का प्रत्यासी उमेशलाल श्रेष्ठको प्रशंसा गर्नुभयो । उहाँले निजी क्षेत्रले अन्तिमसम्म प्रयास गरेर सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन गरेको भन्दै यसले निजी क्षेत्रले चाहदा गर्नसक्ने उदाहरण बनेको बताउनु भयो ।

महासंघको विधानअनुसार ढकाल स्वतः अध्यक्ष चयन हुनुभएको हो । उहाँले आजै महासंघका निःवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । अध्यक्षलाई पद तथा गोपनीयताको शपथ पश्चात बोल्दै निःर्वतमान अध्यक्ष गोल्छाले अध्यक्ष ढकालले जनाएका ५ प्रतिवद्धता कार्यान्वयन गर्न साथमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।