१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

इन्टरपोलको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने नेपाल प्रहरीको कर्मचारीलाई झण्डा हस्तान्तरण

इन्टरपोलको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने नेपाल प्रहरीको कर्मचारीलाई झण्डा हस्तान्तरण
अ अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरी राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा र इन्टरपोलको झण्डा फहराउन आरोहणदलका सदस्यसहित त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएका नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीलाई शुभकामानसहित झण्डा हस्तान्तरण गरिएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीलाई राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा, इन्टरपोलको झण्डा एवम् आरोहणमा प्रयोग हुने सामग्रीहरू हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले आरोहणमा जान लागेका प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीसहितका सदस्यलाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै आरोहणमा साथ सहयोग एवम् सहजीकरण गर्ने विभिन्न सरकारी निकाय तथा इलाइट हिमालयन एडभेन्चरलाई उहाँले कृतज्ञता व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले यस आरोहण मार्फत इन्टरपोलको सदस्य राष्ट्रहरूको शान्ति सुरक्षा, अपराध अनुसन्धान एवम् नियन्त्रणमा भएको प्रतिवद्धताप्रति नेपाल प्रहरीको पनि पूर्णरूपमा ऐक्यबद्धता रहेको सन्देश तथा पर्यटकहरूको सुरक्षाको अनुभूति हुने सन्देश समेत प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शम्शेर जबराले आरोहण सम्बन्धी सङ्क्षिप्त जानकारी दिनुभएको थियो । उक्त आरोहणको लागि प्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०७९ फागुन २६ गतेको निर्णयानुसार स्वीकृत भई आए पश्चात माउन्टेनियरिङ तालिम प्राप्त गरी ६ हजार ४७६ मिटर उचाईको मिरा पिक लगायत अन्य हिमालहरू सफलतापूर्वक आरोहणको अनुभव प्राप्त गरेका प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली उक्त आरोहणको लागि छनौट भएको र उक्त आरोहणको लागि इलाइट हिमालयन एडभेन्चरसँग सहकार्य गरिएको प्रहरी उपरीक्षक जबराले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, इलाइट हिमालयन एडभेन्चरका डाइरेक्टर, एभरेष्ट समिटर्स एशोसियसनका महासचिव एवम् वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सन् १९२३ मा अष्ट्रियाको भियनामा स्थापना भएको इन्टरपोलले सफलतापूर्वक १००औं वसन्त पूरा गरेको अवसरमा इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा नेपाल प्रहरीले पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउने योजना अन्तर्गत विश्व सम्पदा सूचीमा सूचिकृत सर्वोच्च शिखर सगरमाथामा नेपाल प्रहरीका कर्मचारीले आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डाहरू फहराउने कार्यक्रमको योजना रहेको सो अवसरमा जानकारी दिईयो ।

नेपाल प्रहरीले विभिन्न हिमाल आरोहण गरिसकेको र नेपाल प्रहरी संगठनमा हिमाली शाखाको वि.सं. २०४२ सालमा स्थापना भई नेपाल प्रहरी कर्मचारीहरू र नेपाल प्रहरी परिवार संघका पदाधिकारीहरूले समेत विगतमा विभिन्न हिमालहरू सफलतापूर्वक आरोहण गर्नुका साथै प्रहरी कर्मचारीहरूले सगरमाथा सफाई अभियानमा सहभागी भएको, विभिन्न आरोहण दलमा सम्पर्क अधिकृतको रूपमा भूमिका समेत निर्वाह गरिसकेको छ ।

यस आरोहण मार्फत कुनैपनि आपराधिक क्रियाकलाप हुन नदिने र कानुन कार्यान्वयनमा नेपालको पूर्णरूपमा ऐक्यबद्धता रहेको भन्ने महत्वपूर्ण सन्देश विश्वसामु प्रवाह हुने र यसबाट नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा टेवा पुग्नुको साथै प्रहरीको उपस्थितिले विश्वभरका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति हुनेछ ।