२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छः मन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको बताउनुभएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले तीव्र गतिका साथ काम गरिरहेको बताउनुभयो । सेवा प्रवाह, कानून निर्माण र अर्थतन्त्र सुधारका क्षेत्रमा सरकारले उल्लेखनीय काम भएको उहाँको भनाइ छ ।

“भर्खरै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छौँ, नयाँ गठबन्धन बन्ने तथा मन्त्रिपरिषद् पुनः गठनका कारण केहीलाई त्यस्तो लागेको हुनसक्छ”, उहाँले भन्नुभयो, “सरकारले गति लिएको छ, धेरै राम्रा काम भएका छन्, जनतालाई आशा जगाउन सक्नु ठूलो काम हो ।”

सत्ता गठबन्धनभित्र कुनै पनि समस्या नरहेको उहाँको भनाइ थियो । “गठबन्धनका दलहरुबीच संवादहिनताको अवस्था छैन, हामी निरन्तर संवादमै छौँ”, उहाँले भन्नुभयो ।

सरकारको काम कारबाहीलाई लिएर सदन तथा बाहिर खबरदारी गर्ने राम्रो कुरा हो भन्दै मन्त्री शर्माले सत्ता पक्ष होस् वा प्रतिपक्षले सरकारलाई खबरदारी गरेको विषयलाई सकारात्मकरुपमा लिनुपर्ने बताउनुभयो । रासस