५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छः मन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको बताउनुभएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले तीव्र गतिका साथ काम गरिरहेको बताउनुभयो । सेवा प्रवाह, कानून निर्माण र अर्थतन्त्र सुधारका क्षेत्रमा सरकारले उल्लेखनीय काम भएको उहाँको भनाइ छ ।

“भर्खरै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छौँ, नयाँ गठबन्धन बन्ने तथा मन्त्रिपरिषद् पुनः गठनका कारण केहीलाई त्यस्तो लागेको हुनसक्छ”, उहाँले भन्नुभयो, “सरकारले गति लिएको छ, धेरै राम्रा काम भएका छन्, जनतालाई आशा जगाउन सक्नु ठूलो काम हो ।”

सत्ता गठबन्धनभित्र कुनै पनि समस्या नरहेको उहाँको भनाइ थियो । “गठबन्धनका दलहरुबीच संवादहिनताको अवस्था छैन, हामी निरन्तर संवादमै छौँ”, उहाँले भन्नुभयो ।

सरकारको काम कारबाहीलाई लिएर सदन तथा बाहिर खबरदारी गर्ने राम्रो कुरा हो भन्दै मन्त्री शर्माले सत्ता पक्ष होस् वा प्रतिपक्षले सरकारलाई खबरदारी गरेको विषयलाई सकारात्मकरुपमा लिनुपर्ने बताउनुभयो । रासस