९ असार २०८३, मंगलवार
,
Latest
एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकले आफ्नै सपनाको मलामी जानुपर्ने अवस्था आएको छः महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरु आफूले देखेको सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखिएको बताउनु भयो । उहाँले मानिसहरुको मनमा सिर्जना भएको चञ्चलताको समाधान बेलैमा हुन नसके देशले झनै समस्या भोग्ने बताउनु भयो । महामन्त्री थापाले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार, राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने बताउनु भयो । उहाँले कोही पनि मानिसलाई आफ्नो सपनाको मलामी जान मन नलाग्ने भन्दै सपनाको मलामी जानुपर्दा मान्छे दिग्दार, आक्रोशित र वाक्क हुने बताउनु भयो । नागरिकहरुमा अहिले अस्थिरता आउनु भनेको आफ्नै सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना हुनु रहेको जिकिर गर्नुभयो । महामन्त्री थापाले नागरिकले सरकारबाट आशा र विश्वास गुमाइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नागरिकमा ठूलो छटपटाहट छ । ठूलो एउटा दिग्दारी देखिन्छ । अझ एक खालले भन्ने हो भने एक किसिमको आक्रोश देखिन्छ । यो आक्रोश के को आक्रोश हो ? संविधान नभएको बेलामा बरु मान्छेहरुमा एक खालको स्थिर मन थियो । अहिले मन यति चञ्चल छ । सपना हुन्छ नि मानिसमा । प्रत्येकको आफ्नो सपना हुन्छ । सपना बोकेर हुर्किरहेको हुन्छ । कसैलाई पनि आफ्नो सपनाको मलामी जान मन लाग्दैन । आफ्नो सपनाको मलामी जानुप¥यो भने मान्छे दिग्दार हुन्छ । मान्छे आक्रोशित हुन्छ र मान्छे वाक्क हुन्छ । अहिले किन अस्थिरता मनमा छ भने मान्छे आफ्नो सपनाको मलामी जानुपर्ने अवस्था आएको छ । आशा र विश्वास मानिसले गुमाइसके । आजको दिनमा हाम्रो पार्टी नेपाली काँग्रेसले सपनाको मलामी जानुपर्ने कुरालाई अन्त्य गर्ने बाटोतिर लिएर गयो, एउटा भरोसा, विश्वास दियो भने सम्वभ नभएको होइन ।’

महामन्त्री थापाले वैशाख मसान्तसम्म पार्टी भ्रातृ संगठनहरुको विभाग बनाउने र पूर्णता दिने काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भयो ।