८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकले आफ्नै सपनाको मलामी जानुपर्ने अवस्था आएको छः महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरु आफूले देखेको सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखिएको बताउनु भयो । उहाँले मानिसहरुको मनमा सिर्जना भएको चञ्चलताको समाधान बेलैमा हुन नसके देशले झनै समस्या भोग्ने बताउनु भयो । महामन्त्री थापाले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार, राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने बताउनु भयो । उहाँले कोही पनि मानिसलाई आफ्नो सपनाको मलामी जान मन नलाग्ने भन्दै सपनाको मलामी जानुपर्दा मान्छे दिग्दार, आक्रोशित र वाक्क हुने बताउनु भयो । नागरिकहरुमा अहिले अस्थिरता आउनु भनेको आफ्नै सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना हुनु रहेको जिकिर गर्नुभयो । महामन्त्री थापाले नागरिकले सरकारबाट आशा र विश्वास गुमाइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नागरिकमा ठूलो छटपटाहट छ । ठूलो एउटा दिग्दारी देखिन्छ । अझ एक खालले भन्ने हो भने एक किसिमको आक्रोश देखिन्छ । यो आक्रोश के को आक्रोश हो ? संविधान नभएको बेलामा बरु मान्छेहरुमा एक खालको स्थिर मन थियो । अहिले मन यति चञ्चल छ । सपना हुन्छ नि मानिसमा । प्रत्येकको आफ्नो सपना हुन्छ । सपना बोकेर हुर्किरहेको हुन्छ । कसैलाई पनि आफ्नो सपनाको मलामी जान मन लाग्दैन । आफ्नो सपनाको मलामी जानुप¥यो भने मान्छे दिग्दार हुन्छ । मान्छे आक्रोशित हुन्छ र मान्छे वाक्क हुन्छ । अहिले किन अस्थिरता मनमा छ भने मान्छे आफ्नो सपनाको मलामी जानुपर्ने अवस्था आएको छ । आशा र विश्वास मानिसले गुमाइसके । आजको दिनमा हाम्रो पार्टी नेपाली काँग्रेसले सपनाको मलामी जानुपर्ने कुरालाई अन्त्य गर्ने बाटोतिर लिएर गयो, एउटा भरोसा, विश्वास दियो भने सम्वभ नभएको होइन ।’

महामन्त्री थापाले वैशाख मसान्तसम्म पार्टी भ्रातृ संगठनहरुको विभाग बनाउने र पूर्णता दिने काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भयो ।