४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

कुनै बेला लोप भएको ठानिएको यो माछा ‘१०० वर्षसम्म बाँच्न सक्छ’, हेर्नुहोस्

कुनै बेला लोप भएको ठानिएको यो माछा ‘१०० वर्षसम्म बाँच्न सक्छ’, हेर्नुहोस्
अ+ अ-

एजेन्सी । एउटा प्रजातिको माछा आश्चर्यजनक रूपमा लामो समय अर्थात् एक शताब्दीसम्मै बाँच्न सक्ने एउटा नयाँ अध्ययनले सङ्केत गरेको छ। कुनै बेला लोप भइसकेको ठानिएको उक्त माछालाई 'लिभिङ फसिल' अर्थात् सजीव जीवावशेषु मानिन्छ।

सीलक्यान्थ भनिने उक्त माछाको आयु पहिला २० वर्षजति हुने ठानिएको थियो। तर नयाँ आकलनअनुसार शार्कजस्तै उक्त जलचर १०० वर्षजति बाँच्ने देखिएको छ।

उक्त माछाको आयु निर्धारण गर्न फ्रान्सेली अध्ययनकर्ताहरूले सङ्ग्रहालयमा सङ्कलित कत्लाको अध्ययन गरेका थिए। उक्त माछाले आफ्नो जीवनको मध्यकालको अन्तिमतिर मात्र प्रजनन गर्छ। अनि गर्भधारण गर्ने समय पाँच वर्षसम्म हुन सक्छ।

बिस्तारै हुर्किने र थोरै सन्तान जन्माउने माछाहरू जलवायु परिवर्तन तथा धेरै माछा मार्ने प्रवृत्तिका कारण लोप हुने खतरामा परेका छन्। फ्रान्सको यूनिभर्सिटी अफ मोङ्पोल्येका डा। ब्रुनो अर्नान्ड सीलक्यान्थको जीवनबारे थाहा पाउँदा संरक्षणका लागि बलियो उपाय अवलम्बन गर्न सकिने बताउँछन्।

'संरक्षणका लागि एउटा निकै महत्त्वपूर्ण ढाँचा भनेको यो प्रजातिका माछाको सङ्ख्या थाहा पाउन सक्नु हो,' उनले बीबीसी न्यूजलाई भने। यो नयाँ जानकारीले त्यसमा हाम्रो पहुँच बढाउनेछ।

हराउने र भेटिने क्रम
सन् १९३८ मा दक्षिण अफ्रिकामा माछा समाउने क्रममा जालमा नपर्दासम्म सीलक्यान्थ लोप भइसकेको ठानिएको थियो। लगत्तै उक्त माछाका दुईवटा समूह अफ्रिकाको पूर्वी तटमा र अर्को इन्डोनेशियाको सुलावेसीमा फेला परे।

अफ्रिकी समूहलाई अतिसङ्कटापन्न मानिन्छ। उक्त समूहमा केही सय माछा मात्र जीवित भएको ठानिन्छ। समुद्र काप्चामा बस्ने यी माछा १।८ मिटरसम्म बढ्न र ९० किलोभन्दा बढी तौलका हुन सक्छन्।

'सुस्त जीवनवृत्त'
"सीलक्यान्थहरू सबैभन्दा सुस्त नभए पनि समुद्री माछामध्ये सुस्त जीवनवृत्त भएका माछा हुन्। यिनको समुद्री गहिराइमा हुने शार्क र रफीहरूसँग नजिकको सम्बन्ध हुन्छ," फ्रान्सको नोर्थ सी मत्स्य अनुसन्धान एकाइका केलिग महे भन्छन्। त्यसैले हाम्रा नतिजाले यसबाट आशाभन्दा पनि यिनको अनौठो जीवनवृत्तले यी अझ खतरामा भएको देखाउँछ।

अबका अध्ययनमा वैज्ञानिकहरूले यिनको वृद्धिदरसँग तापमानको सम्बन्ध हेर्न खोजिरहेका छन्। त्यसबाट जलवायु परिवर्तनको तिनमा कस्तो असर पर्न सक्छ भन्ने थाहा दिनेछ।

उक्त अध्ययन करन्ट बायोलजी जर्नलुमा प्रकाशित भएको हो। महादेशहरूको उथलपुथल र डाइनसोरलाई लोप गराउने क्षुद्रग्रहको ठक्कर सहन गर्दै सीलक्थान्थका पूर्वजको उत्पत्ति ४२ करोड वर्षअघि भएको थियो।