• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

विमान चार्टर गरेर नेपाल भ्रमणमा आए १८० चिनियाँ पर्यटक



काठमाडौँ । करिब १८० चिनियाँ पर्यटक हिमालयन एयरलाइन्स विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका छन् ।

नेपालस्थित चिनियाँ राजदूतावासका अनुसार उनीहरु चिनियाँ भ्रमण समूहको पहिलो ब्याच हुन् । उनीहरुलाई नेपाली पक्षबाट न्यानो स्वागत गरिएको दूतावासले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुको स्वागतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र चिनियाँ राजदूत चेन सांग उपस्थित हुनुहुन्थ्यो । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा आएका चिनियाँ पर्यटकहरुलाई उहाँहरुले खादा माला लगाएर स्वागत गर्नुभएको हो ।

साथै उनीहरुलाई नेपाली मौलिक पञ्चेबाजा बजाएर स्वागत गरिएको थियो ।