२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखर पक्षबाट ३ मन्त्री र एक राज्यमन्त्रीको नाम तय



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसबाट थप ५ जना मन्त्री र एक राज्यमन्त्रीको नाम तय भएको छ । सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबिच इतर समुहलाई तीन मन्त्री र एक राज्यमन्त्रीको लागि सहमति भएको छ ।

महामन्त्री गगन थापाले प्रदीप पौडेललाई मन्त्री बनाउन दबाब दिएका थिए । तर देउवाले नमानेपछि यसमा गगन असन्तुष्ट रहेको बताइन्छ ।

कोइराला पक्षले कम्तीमा ३ मन्त्री माग गरेका कारण यसअघि शपथग्रहण हुन सकेको थिएन । अब कांग्रेसले थप एक मन्त्रालय पाउँदा शेखर पक्षले ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको हो ।

शेखर पक्षबाट उपसभापति धनराज गुरुङ, मोरङ १ का डिगबहादुर लिम्बु र कपिलवस्तु २ का सुरेन्द्र आचार्यले मन्त्री बन्ने भएका छन् । राज्यमन्त्रीमा भने जाजरकोटकी मैना रावल कार्कीको नाम राखिएको बताईएको छ।

यसअघि देउवा पक्षबाट ४ मन्त्री भइसकेका छन् । अब मोहन बस्नेत र एनपी साउद थपिने बताइएको छ । बैशाख १० गते हुने उपनिर्वाचनपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ ।