२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः मिलानले नापोलीलाई हरायो



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत एसी मिलानले साँघुरो जित निकालेको छ । गएराति भएको क्वाटरफाइनलको पहिलो लेगमा मिलानले नापोलीलाई १–० गोलले पराजित गरेको हो ।

दुई इटालीयन क्लबबीच भएको रोमाञ्चक भिडन्तमा घरेलु मैदानमा मिलानलाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ४० औं मिनेटमा इस्माइल बेन्नासरले गरे ।

खेलको ७४ औं मिनेटमा एन्ड्री फ्रांक अंगुइसाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नापोली १० खेलाडीमा समेटिएको थियो ।

अब यी दुई टोलीबीचको दोस्रो लेग अप्रिल १९ मा नापोलीको घरेलु मैदानमा हुनेछ । जानकारीका लागि जारी सीरी ए लिगमा २९ खेलबाट ७४ अंकका साथ तालिकाको शीर्षस्थानमा रहँदा मिलान समान खेलबाट ५२ अंकका साथ चौंथो स्थानमा रहेको छ ।