• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

रियल मड्रिडले चेल्सीलाई हरायो



एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । गएराति सम्पन्न क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियलले इंग्लिस क्लब चेल्सीलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा टोलीलाई जित दिलाउन करिम बेन्जेमा र मार्को एसेन्सओले एक–एक गोल गरे ।

खेलको २१ औं मिनेटमा नै रियलले बेन्जेमाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । ७४ औं मिनेटमा एसेन्सीओले एक गोल थपे । खेलको ५९ औं मिनेटमा बेन चिलवेलले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । जितसँगै रियलले दुई लेगको क्वाटरफाइनलमा २–० को अग्रता बनाएको छ ।

अब यी दुई टोलीबीचको दोस्रो लेग अप्रिल १९ मा चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ ।