१० श्रावण २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडले चेल्सीलाई हरायो



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । गएराति सम्पन्न क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियलले इंग्लिस क्लब चेल्सीलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा टोलीलाई जित दिलाउन करिम बेन्जेमा र मार्को एसेन्सओले एक–एक गोल गरे ।

खेलको २१ औं मिनेटमा नै रियलले बेन्जेमाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । ७४ औं मिनेटमा एसेन्सीओले एक गोल थपे । खेलको ५९ औं मिनेटमा बेन चिलवेलले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । जितसँगै रियलले दुई लेगको क्वाटरफाइनलमा २–० को अग्रता बनाएको छ ।

अब यी दुई टोलीबीचको दोस्रो लेग अप्रिल १९ मा चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ ।