४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

चेन्नईलाई ३ रनले हराउँदै राजस्थान आईपीएलको शीर्षस्थानमा उक्लियो

चेन्नईलाई ३ रनले हराउँदै राजस्थान आईपीएलको शीर्षस्थानमा उक्लियो
अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को रोमाञ्चक खेलमा राजस्थान रोयल्स (आरआर) ले चेन्नई सुपर किंग्स (सीएसके)लाई ३ रनले पराजित गरेको छ । चेन्नई लाई अन्तिम ओभरमा २१ रन चाहिएको थियो । यस ओभरमा महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाको अगाडि सन्दीप शर्माले १७ रन मात्र खर्च गरे । धोनी–जडेजाले अन्तिम १२ बलमा ४ छक्का र एक चौका प्रहार गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

चेन्नई घरेलु मैदानमा १६ औं खेलमा पराजित भएको छ । त्यस्तै, राजस्थानले १५ वर्षपछि चेन्नईलाई उसको घरेलु मैदानमा हराएको हो । अन्तिम पटक टोलीले २००८ मा जितेको थियो । चेन्नईको यो सिजनको दोस्रो हार हो, टोली अंक तालिकाको ५ औं स्थानमा छ ।

बुधबार राति चेन्नईको चेपक स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफमा चेन्नईको टोलीले २० ओभरमा १७२ रन मात्र बनाउन सक्यो । महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाले १८ औं ओभरमा १४ रन बनाए । १९ औं ओभरमा जडेजाले २ छक्का प्रहार गर्दै १९ रन बनाए । अन्तिम ओभरमा २१ रन आवश्यक हुँदा धोनीले ओभरको दोस्रो र तेस्रो बलमा छक्का प्रहार गरे । तर सन्दीप शर्माले अर्को ३ बलमा मात्र ३ रन दिएर राजस्थानलाई जित दिलाए ।

टस हारेर ब्याटिङ गरेको राजस्थानले ११ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि जोस बटलर (५२ रन) र देवदत्त पड्डिक्कल (३८ रन)ले ७७ रनको साझेदारी गरे । मिडल अर्डरमा अश्विन र हेटमायरले ३०–३० रन बनाएर टोलीको स्कोर १५० मा पुर्याए । चेन्नईका लागि आकाश सिंह, तुषार देशपाण्डे र रविन्द्र जडेजाले २–२ विकेट लिए ।

जवाफमा चेन्नईले पनि १० रनको टिम स्कोरमा ऋतुराज गायकवाडको विकेट गुमाएको थियो । यस्तो अवस्थामा डेभोन कोनवे (५० रन) र अजिंक्य रहाणे (३१ रन)ले दोस्रो विकेटका लागि ६८ रन जोडे । मध्यक्रममा शिवम दुबे, मोइन अली र अम्बाती रायडुले खासै योगदान गर्न सकेनन् । १७६ रनको लक्ष्य पछ्याएको सिएसकेको सुरुवात राम्रो हुन सकेन ।

पावरप्लेमा नै टिमले ऋतुराज गायकवाडको विकेट गुमाएको थियो । त्यसपछि ब्याटिङमा आएका अजिंक्य रहाणेले डेभोन कोनवेसँग ४३ बलमा ६८ रनको साझेदारी गरे । रहाणे ३१ रन बनाएर आउट भए र यो साझेदारी टुट्यो । १७६ रनको लक्ष्य पछ्याएको चेन्नईले औसत सुरुवात गरेको थियो । पावरप्लेमा एक विकेट गुमाएको टोलीले ४५ रन बनाएको थियो । ऋतुराज गायकवाड ८ रन बनाएर आउट भए ।

चेपौक स्टेडियममा चृन्नईको लागि २०० औं खेलमा कप्तान महेन्द्र सिंह धोनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । टोलीले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । राजस्थानका जोस बटलरले ३६ बलमा ५२ रनको अर्धशतकीय पारी खेले । आईपीएलमा बटलरको यो १८औँ अर्धशतक हो । बटलरका अलावा देवदत्त पड्डिक्कलले २६ बलमा ३८ रन बनाए । यी दुईबीच ७७ रनको अर्धशतकीय साझेदारी थियो ।

राजस्थानका शीर्ष क्रमका ब्याट्सम्यान बटलरले इन्डियन लिगमा ३ हजार रन पनि पुरा गरे । जोसले ८५ इनिङ्समा यो उपलब्धि हासिल गरेका हुन् । सबैभन्दा छिटो ३ हजार रन बनाउने कीर्तिमान क्रिस गेलको नाममा छ । राजस्थानका कप्तान सञ्जु सामसन लगातार दोस्रो खेलमा शून्य रनमा आउट भए । रविन्द्र जडेजाले ९औं ओभरको पाँचौं बल मिडल स्टम्पमा गुड लेन्थमा बल दिए । बल घुम्यो र स्टम्पमा ठोकियो । दिल्ली क्यापिटल्सविरुद्धको .खेलमा पनि सामसनले खाता पनि खोल्न सकेका थिएनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले दोस्रो ओभरमा यशस्वी जैसवालको विकेट गुमाएको थियो । जैसवालले मात्र १० रन बनाउन सके । त्यसपछि ब्याटिङमा आएका देवदत्त पड्डिक्कलले जोस बटलरसँग पावरप्लेमा टोलीको स्कोर ५७ रनमा पुर्याएका थिए ।

महेन्द्र सिंह धोनीले आईपीएलको २०० औं खेलमा चेन्नई सुपर किंग्सको कप्तानी गरिरहेका थिए । धोनीको कप्तानीमा चेन्नईले १२० खेल जित्नुका साथै ४ पटक आईपीएलको उपाधि जितेको छ । आईपीएलमा कप्तानको रूपमा टोलीका लागि सर्वाधिक समय खेल्नेमा रोहित शर्मा दोस्रो स्थानमा छन् । रोहितले १४६ खेलमा मुम्बईको कप्तानी गरेका छन् । बैंगलोरका लागि १ सय ४० खेलमा कप्तानी गरेका विराट कोहली यो सूचीमा तेस्रो नम्बरमा छन् ।

राजस्थानका लागि रविचन्द्र अश्विन र युजवेन्द्र चहलले दुई–दुई विकेट लिए भने सन्दीप शर्मा र एडम जाम्पाले एक–एक विकेट लिए । जितसँगै राजस्थान चार खेलबाट तीन जितसहित ६ अंक जोडेर तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

आजको खेलः पञ्जाव किंग्स भर्सेस गुजरात टाइटन्स, साँझ ७ः४५ बजे