२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटाले एनआरटीलाई हराउँदा हिमालयन शेर्पाको एपिएफमाथि सानदार जित



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बुधवार संकटा क्लवले न्युरोड टिम (एनआरटी) बिरुद्ध २–१ को जित निकाल्दा अर्को खेलमा हिमालयन शेर्पाले विभागीय टोली एपिएफलाई ५–३ ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटालाई जित दिलाउन जुनियर एनकेन्गुइ र मनिष डांगीले एक–एक गोल गर्दा एनआरटीका सर्जी सङ्ले गोल गरे । खेलको २२ औँ मिनेटमा एनकेन्गुई गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । ३७ औँ मिनेटमा मनिषले संकटाको अग्रता दोब्बर पारे । यस्तै एनआरटीका सङले ६२ औँ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि गोल नहुँदा संकटाले तीन अंक जोड्न सफल भयो ।

जितसँगै आठ खेलबाट १२ अंक जोडेको संकटा तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । समान खेलबाट ६ अंक जोडेको एनआरटी तालिकाको १२ औँ स्थानमा छ ।

लिगअन्तर्गत बुधवार नै भएको अर्को खेलमा हिमालयन शेर्पाले एपीएफ क्लवबिरुद्ध ५–३ को रोमाञ्चक जित निकालेको छ । च्यासल रगंशालामा बुधवार भएको खेलमा हिमालयन शेर्पाका लागि सत्यम शर्माले दुई गोल गर्दा सुदीप श्रेष्ठ, अबायाओमी फमान्ले र विश्वास श्रेष्ठले समान एक गोल गरे । एपिएफका अमान्र्ड बेडोउम, सनिश श्रेष्ठ र प्रदीप लामाले एक गोल फर्काए । प्रतिष्पर्धात्मक बनेको खेलमा सुदीप श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । सत्यम शर्माले २४ औँ मिनेटमा गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे ।

त्यसको पाँच मिनेटपछि सत्यमले नै हिमालयन शेर्पाको अग्रतलाई ३–० मा पुर्याएको खेलको इन्जुरी समयमा एपिएफका अर्माण्ड बेडोउमले एक गोल फर्काउँदै अन्तर घटाए । ४७ औँ मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पाको अग्रतालाई ३–२ मा झारेपछि लयमा फर्किएको एपिएफका लागि प्रदीप लामाले ६३ औं मिनेट बराबरी गोल गरे । तर, ७५औं मिनेटमा अबायाओमी फमान्लेले गोल गर्दै हिमालयन शेर्पालाई पुनः अग्रता दिलाए र ८९ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गरेपछि हिमालयन शेर्पाको ५–३ को जित निश्चित गरे । जितसँगै लिगमा हिमालनय शेर्पाले आठ खेलबाट ९ अंक जोडेको । समान खेल खेलेको एपिएफको ११ अंक छ ।

लिगमा बिहीवार दुई खेल हुनेछन् । पहिलो खेल एन्फा कम्पलेक्समा नेपाल पुलिस क्लव र थ्री स्टार क्लव तथा दशरथ रंगशालामा चर्च ब्वाईज युनाईटेड र फ्रेण्ड्स क्लवबीच खेल हुनेछ ।