२१ पुष २०८१, आईतवार
,
Latest
बागमतीविरुद्ध १०२ रनमै रोकियो मधेश, सन्दीपले लिए ५ विकेट माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो एलिट कपः ललित एक्लैको सात विकेटमा आर्मी १२१ रनमा समेटियो जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै मान्छे बेगरका घरहरु सरकारले भूकम्प र बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने हृदयाघातबाट पालिका कर्मचारीको निधन इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई स्थलगत अध्ययन गराउन आवश्यकः ऊर्जामन्त्री खड्का विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौंः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अडियो प्रकरणमा ढाकाकुमार भने – क्लिन चिट लिएर आउनेछु, धैर्य गर्नुहोला



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले अडियो एडिट गरेर आफूलाई सुनुयोजित रुपमा फसाउन खोजिएको दाबी गरेका छन् ।

पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडियो झुटो भएको बताएका छन् ।

उनले आफू हिजोबाटै न्यायालयमा गइसकेकाले क्लिन चिट लिएर आउने बताउँदै भने – ‘ न्यायालय गइसकेको छु । क्लिन चिट लिएर यसरी नै तपाईहरुमाझ प्रेस मिट गरेर आउनेछु । त्यतिन्जेल धैर्य गर्नुहोला । मेरो कारणले उपनिर्वाचनको बेला पार्टीलाई अप्ठेरो परेकाले क्षमापार्थी छु ।’

उनले उक्त अडियोलाई ध्यानमा नराखी रास्वपाका तीनै क्षेत्रका उम्मेदवारलाई जिताउन आग्रह समेत गरे ।

‘ यो अडियो केही पनि होइन । सुनुयोजित हो । जनवरीताका भएको अडियो अहिले ल्याएर हाल्नु भनेको पार्टीलाई चारैतिरबाट प्रहार गरिएको हो ।’ उनले भने ।