२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाललाई योगेशको प्रश्न– होसमा हुनुहुन्छ कि हुनुहुन्न ?



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेबाट संसद विघटन हुँदैछ भनेर अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउनुभएको हो ।

उहाँले अध्यक्ष नेपालको बोलि शंकास्पद रहेको पनि बताउनु भयो । उहाँले नेपाल दुरुस्त भएर बोलेको जस्तो नलागेको भन्दै होसमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्न समेत गर्नुभयो । सचिव भट्टराईले एमाले प्रतिपक्षमा भएको भन्दै प्रतिपक्षमा भएको पार्टीले कसरी संसद विघटन गर्छ भनेर पनि प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘पूर्वप्रधानमन्त्री माधव नेपालले एमालेबाट संसद विघटन हुन लागेको छ खबरदार सबै सचेत हौँ भन्नुभएछ । मैले बुझेको माधव नेपाल कुनै नचाहिँदो चिज सेवन गर्नुहुन्न उहाँले । मध्यपान, धुम्रपानबाट अलिकति टाढा रहेको भन्ने नै मैले बुझ्छु माधव नेपाललाई । तर आजको उहाँको बोलि हेर्दा अलि शंकास्पद छ क्या । उहाँले आफू दुरुस्त भएर त्यो बोलेको जस्तो लाग्दैन । जुन पार्टी प्रतिपक्षमा छ । त्यो पार्टीले कसरी संसद विघटन गर्छ ? उहाँले के भन्दै हिँड्नुभएको छ ? सपना देख्नुभएको छ कि ? विपनामा हुनुहुन्छ कि ? होस्मा हुनुहुन्छ कि ? हुनुहुन्न कि ? उहाँजत्तिको १५ वर्ष एउटा ठूलो पार्टीको नेतृत्व गरेको मान्छेले, प्रधानमन्त्री भइसकेको मान्छेले, यति अनुभवि राजनीतिज्ञले त्यस्तो बोलेको देख्दा यो एक, डेढ वर्षमा उहाँ धेरै बदलिनु भएछ ।’

उहाँले काँग्रेस सभापतिले भविष्यमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नसक्ने कुरा अभिव्यक्त गरेकोमा काँग्रेस ब्युँझिएको टिप्पणी गर्नुभयो । उहाँले काँग्रेस नेतृत्वमा सरकार बन्नु संवैधानिक अधिकार भएपनि काँग्रेसले सो अधिकारको प्रयोग गर्न नसकेको बताउनु भयो । उहाँले अहिले काँग्रेस आफ्नो हैसियतमा नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउछौँ भनेर भन्नेकुरा काँग्रेस बल्ल ब्युझेछ । यो त काँग्रेसको अधिकार हो नि । काँग्रेसले त आफ्नो संवैधानिक अधिकार नै प्रयोग गर्न नसक्नेगरी काँग्रेस थला बसेको छ । काँग्रेस आफ्नो हैसियतमा छैन । बिपी, गणेशमान, किसुनजीहरुले बनाएको काँग्रेस छैन आज शेरबहादुरको पालामा । यो काँग्रेस त स्वाभिमान गुमेको, इच्छाशक्ति नभएको, र आज यत्रा तमाम समस्यामा रमिते बनेर बस्ने काँग्रेस हो यो । रमिते बनेको छ यो काँग्रेस । ऊसँग अधिकार थियो, ७६(३)को सरकार बनाउने, ७६(२) मा पनि उसको अग्रसरता हुनुपथ्र्यो नि पहिलो पार्टी हुनुका नाताले । कहाँ डुल्दैथ्यो काँग्रेस त्यतिबेला ?’

सचिव भट्टराईले देशमा तमाम समस्याहरु भएपनि नेपाली काँग्रेस रमिते बनेर बसिरहेको बताउनु भयो ।