९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादी, ललितपुरका ३९ जना नेताकार्यकर्ता एमालेमा फर्किए



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला कमिटी सचिव सुदर्शन मिश्रसहित जिल्ला कमिटी र ललितपुर महानगर र वडा कमिटीका ३९ जना नेताकार्यकर्ताहरू नेकपा (एमाले) मा फर्किएका छन् ।

महासचिव शंकर पोखरेलले बुधबार पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा उहाँहरूलाई स्वागत गर्नुभयो ।

महासचिव पोखरेलले नवप्रवेशीहरूसमेत सबैलाई एमालेमा एउटै लयमा काम गर्ने वातावरण बन्ने विश्वास दिलाउँदै देशको विकास, निर्माण, समृद्धि र सामाजिक न्याय चाहने सबै बामपन्थी नेता कार्यकर्तालाई नेकपा (एमाले) मा समाहित हुन आह्वान गर्नुभयो ।

कार्यक्रममा नेकपा ९एमाले० ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यले पार्टीमा फर्कनुभएका साथीहरूलाई उहाँहरूको गुनासो नरहने गरी पार्टीले व्यवहार गर्ने विश्वास दिलाउँदै योग्यता, क्षमता अनुसारको जिम्मेवारी पाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

आफूसहित ३९ जनाको समूह लिएर नेकपा (एमाले) मा फर्कनुभएका सुदर्शन मिश्रले पार्टीभित्रका अन्तरविरोध पार्टीभित्रै बसेर समाधान खोज्नुपर्ने कुरामा विश्वास रहँदा रहँदै पनि विगतमा पार्टीबाट बाहिरिने जुन निर्णय गरेँ, त्यस विचलनका लागि आत्मालोचना गरेको बताउनु भयो ।

नेकपा ९एमाले० मा फर्कनेहरुमा जिल्ला कमिटीका सचिवालय सदस्यहरू शालिग्राम मिश्र, राजेन्द्र थापा, ऋषिराज भेटवाल, जिल्ला कमिटी सदस्यहरू माधव बन्जारा, कृष्ण महर्जन, राजन घिमिरे, विष्णु घिमिरे, सानुमैया कार्की, रुद्रबहादुर केसी हुनुहुन्छ ।

त्यसैगरी नेकपा एसका ललितपुर महानगर कमिटीका सदस्यहरू नरेन्द्र चन्द, महेन्द्र मानन्धर, राजमान कायस्थ, राजु मानन्धर, रमेश पोखरेल, शान्ति लामा, वडा कमिटी सदस्यहरू विमला कार्की, शोभा मिश्र, नरेन्द्र तण्डुकार, रामकाजी महर्जन, देवी थापा मगर, सुलोचना गुरुङ, राधा पन्त, राजेश मानन्धर, रमा लामा, हस्तबहादुर पुन, राजन घिमिरे, विनोद श्रेष्ठ, देवी लामा, सुरेन्द्र मुल्मी, मनकुमारी लिम्बु, राजिव बानिया, विक्रम घिमिरे, राजन घिमिरे, सञ्जय पोखरेल, कल्पना घिसिङ, विमला खतिवडा र सुमन महर्जन पनि नेकपा ९एमाले० मा समाहित हुनु भएको छ । नेकपा ९एमाले० ललितपुर जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य सुशीला नेपाल र केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकारको पनि उपस्थिति रहेको थियो ।