१० श्रावण २०८३, आईतवार
,
Latest
एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लघुवित्त वित्तीय संस्थाहरुका समस्यालाई राजनीतिकरण गर्ने प्रक्रिया बन्द गरौं’



फाईल फोटो
अ+ अ-

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरुका समस्याका विषयमा हुने राजनीतिकरण बन्द गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

लघुवित्त वित्तीय संस्थाहरुमा आएका समस्याहरुलाई समाधान गर्नुको सट्टा राजनीतिक फाइदाको लागि राजनीतिकरण गर्न नहुने उनीहरुले बताएका हुन् ।

राजनीतिक उद्देश्यले प्रेरित अभिव्यक्ति वा राजनीतिक संगलनता भए बन्द गर्नुपर्ने बताए । उनीहरुले लुघवित्त वित्तिय संस्थाहरुमा आएका विविध समस्याको सुधार गर्न राष्ट्र बैंकले अग्रसरता लिनुपर्ने आवश्यक्ता रहेको बताए । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुले मनोमानी रुपमा ब्याज लिए र लघुवित्तहरुले ऋणहरुलाई समस्यामा बनाएको भन्दै लघुवित्त बिरुद्ध बिरोध व्यापक रुपमा भइरहेको छ । लघुवित्तहरुले एउटै ऋणीलाई मापदण्ड भन्दा बढी कर्जा प्रवाह गर्ने गरेकाले पनि समस्यामा आएको उनीहरुको भनाई छ ।

मंगलवार काठमाडौंमा भएका एक कार्यक्रममा पूर्वगभर्नर तथा अर्थमन्त्री मन्त्री डा.युवराज खतिवडाले लघुवित्तका समस्याका विषयलाई राजनीतिकरण गर्ने प्रक्रियाको अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले कुनैपनि राजनीतिक व्यक्तिले राजनीतिक उद्देश्यले प्रेरित अभिव्यक्ति र राजनीतिक नेतृत्वको भुमिका भए बन्द गर्नुपर्ने बताउनु भयो ।

डा. खतिवडाले सहकारी र लघुवित्तको समस्यालाई राजनीतिकरण गर्न नहुने विषयमा बोल्न तयार रहेको बताउनु भयो । उहाँले सहकारी र लघुवित्तबाट कर्जा लिएर नतिर्ने भन्नेहरुको राजनीतिक पार्टीका सांसद तथा नेताहरु समर्थन गर्नु गलत हुने बताउनु भयो । उहाँले ऋण लिएर पैसा तिर्न नपर्ने अभियान चलाउने अराजक तत्वहरुलाई सरकारले कारबाही गर्नुपर्ने बताउनु भयो ।

उहाँले सबै राजनीतिक कर्मीहरुले लघुवित्त र सहकारीको विषयमा राजनीतिकरण बनाउन तत्काल बन्द गराउनुपर्ने बताउनु भयो । उहाँले लघुवित्तका आन्तरिक समस्याको विषयमा घरभित्र बसेर छलफल गर्नुपर्ने बताउनु भयो । डा. खतिवडाले लघुवित्तहरुले सञ्चार र संवादको रणनीति पनि परिवर्तन गर्नुपर्ने बताउनु भयो । उहाँले लघुवित्तको पुँजीको कर्जाको ५ प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्था परिवर्तन गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त वित्तीय क्षेत्रमा मसिनो ढङ्गले सुधार गर्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले राष्ट्र बैंकले लघुवित्त क्षेत्रको सुधारको लागि उच्चस्तरिय समिति बनाएर लगेको बताउनु भयो । उहाँले लघुवित्तहरुको वर्तमान महत्व,लघुवित्त कर्मसियल बैंकको रुपमा जान हुने थियो वा थिएन भन्ने विषयमा अध्ययन गरेर समस्या समाधान गर्ने विषयमा राष्ट्र बैंक अघि बढ्ने बताउनु भयो ।

उहाँले पछिल्लो समय लघुवित्त वित्तीय क्षेत्रमा अराजक प्रवृति देखिएको बताउनु भयो । उहाँले वित्तीय संस्थाबाट ऋण लिएपछि तिर्दिन भन्नु जति अर्को अराजक केही हुन नसक्ने बताउनु भयो । उहाँले यस्तो अराजक गतिविधिले वित्तीय प्रणालीलाई असर गर्ने भन्दै यो विषयमा राष्ट्र बैंक सजग रहेको बताउनु भयो । उहाँले पछिल्लो समय लघुवित्तको समस्याले बैंकहरुलाई जथाभावी कर्जा बिस्तार गर्नु नहुने विषयमा सजग गराएको बताउनु भयो ।

त्यस्तै,बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बैंक तथा वित्तीय संस्थाहरु बिरुद्धको सगठित रुपमा बिरोधमा उत्रिएको समूहका कारण बैंक तथा वित्तीय संस्थाका कर्मचारीको मनोबल कम भएको बताउनु भयो । उहाँले लघुवित्तहरुमा लगानी गरेको रकम उठाउन नसक्ने अवस्था सिर्जना हुनु अमानविय र कानून विपरित रहेको बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरु पैसा कमाउनको लागि मात्रै नभएर ग्राहकलाई जोगाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले निर्वाचनको बेलामा राजनीतिकरण गर्नको लागि बैंक तथा वित्तीय संस्थाहरुप्रति आक्रमण भइरहेको बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुप्रतिको आक्रमणलाई सबै मिलेर समाधान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले धेरै ऋण लिएर ऋण नतिर्न र अन्य सोझा जनतालाई समेत जम्मा गरेर भ्रम छर्ने काम भइरहेको बताउनु भयो ।