८ श्रावण २०८३, शुक्रबार
,
Latest
विधायन व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै गरिने, मितव्ययिता र स्रोतको अभाव मुख्य कारण बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने कोलकाता–विराटनगर कार्गो रेल सेवा सञ्चालनमाः व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल ‘जनविरोधी कानून स्वीकार गर्न सकिँदैन, विज्ञ छनोटमा गम्भीर बनौँ’: झक्कुप्रसाद सुवेदी राष्ट्रिय सभा र संसदीय समितिको प्रभावकारिताका लागि अभिमुखीकरण आवश्यकः सांसद ढुंगाना संविधानमा हुने प्रतिगामी संशोधन रोक्न जनस्तरको सजगता आवश्यक: प्रदीप ज्ञवाली सेवाग्राहीसँग २१ हजार घुस लिँदै काठमाडौं महानगरका लेखा अधिकृत पक्राउ विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा धर्म उप्रेतीः विपद् व्यवस्थापनमा पूर्वतयारी र पुनर्निर्माणलाई तिब्रता दिने प्रतिवद्धता अर्थ मन्त्रालयको छलफलमा उद्योगमन्त्री गौरीकुमारी यादव: बजेटका ८ सुधार कार्यक्रम कार्यान्वयनमा सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जीवनमा चार–पाँच जनामात्रै साथी हुनु राम्रो’



अ+ अ-

एजेन्सी । जीवनमा कति साथी चाहिन्छ ? सायद तपाईंले यो कहिल्यै याद गर्नु भएको छैन । तर हालैको एउटा पुस्तकले धेरै साथी हुनु राम्रो कुरा होइन भनी दाबी गरेको छ । सामाजिक सञ्जालको जमानामा साथीभाइको ठूलो सञ्जाल हुनु सामान्य कुरा हो । तर बेलायतकी प्रसिद्ध लेखिका तथा सम्बन्धविज्ञ एलिजावेथ डे भन्छिन्, ‘धेरै नजिकका साथीहरू हुनुले तपाईमा नकारात्मक असर पार्न सक्छ । मानिसहरूले तपाईंलाई कम गम्भीर रूपमा लिन थाल्छन् ।

एलिजावेथले आफ्नो नयाँ पुस्तक ‘फ्रेन्डहोलिक’ मा चारदेखि पाँच जना साथी मानसिक स्वास्थ्यका लागि राम्रो हुने बताएकी छन् । सात जनाभन्दा बढी साथी हुने प्रवृत्तिलाई डिप्रेसनको बढ्दो लक्षणसँग जोडिएको पाइएको छ । एलिजावेथले यो तथ्य आफैंलाई जोडेर बताउँछिन् ।

वास्तवमा, उनले लकडाउनमा लामो समयसम्म एक्लो महसुस गरिन् । उनी भन्छिन्, ‘यस अवधिमा मैले धेरै साथीहरू बनाएँ र उनीहरूसँग सम्पर्कमा रहें । तर सबैसँग सम्पर्क कायम राख्न सम्भव भएन । म तिनीहरूमध्ये धेरैलाई चिन्दिनँ पनि । त्यसैले त केही मान्छे नराम्रो साथी साबित भयो ।’

एलिजावेथ भन्छिन्, ‘मानिसहरू जसको लागि तपाईंले सबै कुरा छोड्नुहुन्छ । बिहान ४ बजे पनि ती साथीको कल उठाउनुहुन्छ । तपाईं पक्का हुनुहुन्छ कि उनी दुःखको समयमा तपाईंको साथमा उभिन्छन् । यस्ता मानिसहरु मुट्ठीभर मात्रै हुन्छन् । सबैसँग नजिक हुनु जरुरी छैन ।’

एलिजावेथ, जसले धेरै दुःख भोगेकी छिन् । भन्छिन् कि यस्ता दुखद क्षणहरूले तपाईका साथीहरू वास्तवमा को हुन् भनेर बहुमूल्य पाठ दिन्छ । ‘म भाग्यमानी छु कि यस्ता साथीहरु पाएको छु ।’ उनले सबैभन्दा मिल्ने साथी एम्माको बारेमा भनिन् । एम्मा सधैं उनलाई साथ दिन्छिन् । उनले बदलामा एलिजावेथबाट केही चाहँदैनन् । एलिजावेथले एसियाली देशहरूको अध्ययनको उदाहरण दिन्छिन् । उनका अनुसार यहाँका मानिसहरू मित्रतामा समानता र संस्कृतिलाई महत्त्व दिन्छन् । त्यसैले मित्रता लामो समय सम्म टिक्ने उनको भनाई छ ।

धेरैजसो मानिसहरूले धेरै साथीहरू हुनु सामाजिक अन्तरक्रियाको लागि ठूलो बाधा हो भनेर बुझ्दैनन् । किनभने मानिसहरूले तपाईलाई मित्रताको जिम्मेवारीहरू लिन कम सक्षम भएको ठान्छन् । व्यक्तित्व र सामाजिक मनोविज्ञान जर्नलमा गरिएको एक अध्ययन अनुसार, मानिसहरू कम साथीहरू भएका मानिसहरूसँग जोडिन रुचाउँछन् । यो तथ्यले गलत साबित गरेको छ कि तपाईको सर्कल जति ठूलो हुन्छ उति धेरै मानिसहरू साथी बन्न चाहन्छन् ।

 

 




भर्खरै