४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

स्मार्ट टेलिकमलाई नविकरण गराउन नीतिगत भ्रष्टाचार हुँदैछ– एमाले

स्मार्ट टेलिकमलाई नविकरण गराउन नीतिगत भ्रष्टाचार हुँदैछ– एमाले
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले सरकारले अरबौंको बक्यौंता रकम समेत नलिई स्मार्ट टेलिकम प्रालिको नविकरण गर्न लागेको आरोप लगाउदै आपत्ति जनाएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले नविरकण गर्दाखेरी लाग्ने करिव २३ अर्व रुपैँया समेत नलिई सो प्रालिको नविकरण गर्नका लागि १/२ दिन भित्रै मन्त्रीपरिषदले निर्णय गर्न लागेको आशंका गर्दै आपत्ति जनाउनु भएको हो ।

उहाँले सो काममा ठूलै आर्थिक चलखेल भएको हुन सक्ने जिकीर गर्दै त्यसो नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । प्रमुख सचेतक गिरीका अनुसार सो प्रालिले सरकारलाई विभिन्न शिर्षक अन्तरगत करिव ५ अर्व दस्तुर तिर्न बाँकि छ । र, नविकरण शुल्क २३ अर्व गरेर उसले २८ अर्व सरकारलाई बुझाउनु पर्ने हुन्छ । तर त्यो दुवै रकम मिनाहा गरी सो प्रालिलाई नविकरण गराउनका लागि मन्त्रीपरिषद्ले निर्णय गर्ने कुरा सञ्चार माध्याममा आएकाले आफूले सरकारको ध्यानाकर्षण गराउनु परेको पनि प्रमुख सचेतक गिरीको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘नेपाल सरकार मन्त्रीपरिषदले एक/दुई दिनमै एउटा गम्भिर निर्णय गर्न लागेको कुरा पत्रपत्रिकामा बाहिर आएको हुनाले मैले यो आकस्मिक समय लिनु परेको हो सभामुख महोदय । स्मार्ट टेलिकम प्रालिले नेपाल दूर सञ्चार प्राधिकरणबाट २५ वर्षका लागि अनुमति प्राप्त गर्‍यो । हाम्रो विद्यमान ऐनमा १० वर्षमा नविकरण गर्नुपर्ने व्यवस्था छ । आज स्मार्ट टेलिकम प्रालिले नेपाल सरकारलाई विभिन्न शिर्षकमा ५ अर्व दस्तुर तिर्न बाँकि छ । र, नविकरण गर्दाखेरी अर्को २३ अर्व रुपैयाँ राज्यलाई तिर्नुपर्ने हुन्छ ।’

‘तर आज स्मार्ट टेलिकम प्रालिले नविकरण बापतको २३ अर्व रुपैया पनि नतिर्ने, विभिन्न शिर्षकको ५ अर्व दस्तुर पनि नतिरी आफ्नो नविकरण गराउनका लागि मन्त्रीहरुको घरघरमा पुगेको, फ्यामिली क्वार्टरहरुमा पुगेको, मन्त्रालय धाएको भन्ने सुन्नमा आएको छ । र, अहिले मन्त्रीपरिषदले १/२ दिन भित्रै यो शुल्क नलिईकन, त्यो दस्तुर नलिईकन यसलाई नविकरण गर्ने योजना बनिरहेको छ भन्ने कुरा आएको हुनाले सम्माननीय सभामुख महोदय, यदि मन्त्रीपरिषदबाट यस्तो प्रकारको निर्णय हुन्छ भने देखि मुलुकलाई २८/३० अर्व रुपैया डुबाउने काम हुँदैछ । र, नीतिगत भ्रष्टाचार हुँदैछ । यसमा धेरै ठूलो चलखेल छ भन्ने कुरा मिडियामा आएको हुनाले यसतर्फ सभामुख महोदयमार्फत् सरकारको गम्भिरताका साथ ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रमुख सचेतक गिरीले मन्त्री र मन्त्री क्वार्टर ध्याउने र ठूलै आर्थिक चलखेल गरेर सो प्रालिको नविकरण गर्ने निर्णय गर्न लागेर सरकारले मुलुकको करिव २८ अर्व बजेट डुबाउन नपाउने बताउनु भयो ।