• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   दिल्लीलाई ठूलो झट्का, कप्तान ऋषभ पन्त एक खेलका लागि निलम्बन, भारी जरिवाना पनि लगाइयो ★   नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन: अध्यक्ष ओली ★   आईपीएलका कारण टी–२० विश्वकपका लागि भारतीय टोली दुई समूहमा अमेरिका जाने ★   ‘ई–चुरोट’को सेवनबाट स्वास्थ्य खतराबारे चेतावनी ★   रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष ★   मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु ★   सरकार संसद चल्न नदिने र संसदीय छानविन समिति पनि बनाउन नदिनेतर्फ उद्धत भयोः काँग्रेस ★   रवि लामिछानेको सहकारी ठगीको यथेष्ट प्रमाण छन्, सरकारी अड्डाहरु गएर केलाए हुन्छः गगन थापा ★   शिवसताक्षी नगरपालिकाका दुई खेलाडी एन्फा एकेडेमीमा छनोट ★   २२ महिनामा पनि बनेन दुई किमी सडक

अपाङ्ग बालिका बलात्कार मुद्दा फिर्ता लिन दबाब दिएको पीडितको गुनासो



इनरुवा । सुनसरीको इनरुवामा अपाङ्ग बालिकाउपर करणीको आरोपमा पक्राउ परेका व्यक्ति छुटाउन पीडित पक्षलाई दबाब दिँदै आएको विषय बाहिरिएको छ ।

इनरुवा ४ को उक्त घटनामा पीडक पक्षका आफन्तले पैसाको प्रलोभन दिएर मुद्दा फिर्ता लिन दबाब दिने गरेको पीडित पक्षको भनाई छ ।

करणीको आरोपमा प्रहरीले संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही चलाइसकेको छ । प्रहरी प्रतिवेदनका आधारमा अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान समेत गरीसकेको छ । यद्यपि, पीडित परिवारले भने आफूहरुले धाकधम्की खेपिरहनु परेको भन्दै गुनासो गरेका छन् ।

उनीहरुले पीडक पक्षले आफूहरुलाई मुद्दा फिर्ता लिन धाकधम्की दिँदै आएको बताए । पीडीतको घरमा केही दिनअघि आगलागी भएको थियो । जसलाई सुनियोजित दाबी गर्दै आएको पीडित परिवारले त्यसपछि भने असुरक्षित महशुस गरेको छ । मुद्दा फिर्ता लिन दिइँदै आएको धम्की र आर्थिक प्रलोभनको विषय पीडित परिवारले बाहिर ल्याएको हो ।

पीडितकी आमाले आफूलाई आएको धम्कीबारे छिमेकीहरुले समेत साथ नदिएको आरोप लगाउनु भयो । घटनाको विषयमा सुनसरी प्रहरीले भने करणीको आरोपमा पक्राउ गरिएका व्यक्तिलाई जिल्ला अदालत बुझाइएको र त्यहाँबाट कारागार चलान भएको बताएको छ ।

घरमा लागेको आगलागीको पछिल्लो घटनाबारे भने थप अनुसन्धान जारी रहेको प्रहरी बताएको छ ।