२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुवन केसीलाई औल्याउदै दीपकराज गिरीले भने– यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ



फाईल फोटो
अ+ अ-

काठमाडौं । निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डले वर्षभरि प्रदर्शित चलचित्रहरूको आम्दानी सार्वजनिक गरेकोमा आपत्ति जनाएका छन् ।  गिरीले फेसबुकमा स्टाटस लेख्दै बोर्डको सो कार्यप्रति विरोध जनाएका हुन् ।

विकास बोर्डले बक्स अफिसको तथ्यांकलाई आधार मान्दै मंगलबार २०७९ सालमा प्रदर्शित सबै चलचित्रहरूको ग्रस आम्दानीको सूची सार्वजनिक गरेको थियो । यसरी चलचित्र निर्माताहरूको व्यक्तिगत आम्दानी मिडियामा वितरण गर्ने अधिकार बोर्डसँग नभएको उनको तर्क छ ।

निर्माता गिरीले आफ्नो चलचित्र छक्कापञ्जा ४ ले व्यापार गरेको भनेको रकम पनि गलत भएको दाबी गरेका छन् । चलचित्र विकास बोर्डमा भुवन केसी आएदेखि यस क्षेत्रमा भाँडभैलो भइरहेको उनले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,’चलचित्र बिकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आए पछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा..’