८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

29.27°C

काठमाडौं

29.27°C

Kathmandu

Feels-like: 29.08

Wind: 4.63

Humidity: 42

Latest
काठमाडौँ उपत्यका विकास प्राधिकरण अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा दुर्गा प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री कर्मचारीको कुलिङ पिरियडमा विभेदकारी नीति राख्न नहुनेमा काँग्रेस सांसद थानीको जोड पोप फ्रान्सिसको निधन: भ्याटिकन पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत भ्रमणमा सेवानिवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिनुपर्छः हितराज पाण्डे विराट कोहलीको आईपीएल कीर्तिमान तोड्दै रोहित शर्मा नम्बर–१ बने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः मुम्बईको पहिलो जित, दिल्ली लगातार चार खेलमा पराजित



अ+ अ-

एजेन्सी । १९ औं ओभरमा दुई छक्का र रोहित शर्मा, इशान किशन र तिलक वर्माको उपयोगी इनिङ्सको आधारमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)–१६ मा पहिलो जित हात पारेको छ । अन्तिम बलसम्म चलेको रोमाञ्चक खेलमा पाँच पटकको च्याम्पियन मुम्बईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो ।

टोलीलाई अन्तिम ओभरमा ५ रन बनाउनु परेको थियो तर दिल्लीका तिब्र गतिका बलर एनरिच नोर्त्याले आफ्नो कडा बलिङले २५.७५ करोडमा बिक्रि भएका ग्रीन डेभिडलाई बाँधेर राखे । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईको टोलीले दिल्लीविरुद्ध पहिलो पटक १७०ं रनको लक्ष्य पछ्यायो । यो सिजनमा मुम्बईको पहिलो जित हो भने दिल्लीले लगातार चौथो खेलमा हार बेहोरेको छ ।

घरेलु मैदान अरुण जेटली स्टेडियममा टस जितेर ब्याटिङ गरेको दिल्लीले १९.४ ओभरमा १७२ रन बनाएको थियो । जवाफमा मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । मुम्बईलाई जितका लागि अन्तिम १२ बलमा २० रन आवश्यक थियो । क्यामरुन ग्रीन र टिम डेभिड क्रिजमा थिए । यस्तो अवस्थामा डेभिड वार्नरले बल मुस्ताफिजुर रहमानलाई दिए । रहमानले १९ औं ओभरको पहिलो तीन बलमा मात्र दुई रन दिए । अब ९ बलमा १८ रन बनाउन बाँकी थियो ।

यस्तो अवस्थामा १७.५० करोडमा टिममा भित्रिएका ग्रीनले डिप मिड विकेटमा स्लो बलमा छक्का प्रहार गरे । अब ८ बलमा १२ रन बाँकी हुँदा मुस्ताफिजुरले योर्कर हाने, जसमा क्यामरुनले सिंगल लिए । त्यसपछि टिम डेभिड स्ट्राइकमा आए । डेभिडले १९ औं ओभरको अन्तिम बलमा वाइड ओभर लङ अफमा छक्का प्रहार गरे । यसरी मुम्बईले अन्तिम ओभरमा ५ रन जोड्नु परेको थियो ।

दिल्लीले खेलमा राम्रो सुरुवात गरेको थियो । पावरप्लेमा टोलीले एक विकेट गुमाउँदा ५१ रन बनाएको थियो । शीर्ष ३ ब्याट्सम्यानले रन बनाए, तर आफ्नो इनिङ्सले त्यो प्रभाव छोड्न सकेनन् । , कप्तान डेभिड वार्नरले ४७ बलमा ५१, पृथ्वी शाले १० बलमा १५ र मनिष पाण्डेले १८ बलमा २६ रन बनाए । बीचका तीन ब्याट्सम्यानले ८ रन मात्र जोड्न सके । यस्तो अवस्थामा ७ नम्बरमा उत्रिएका अक्षर पटेलले २५ बलमा ५४ रन बनाएर टोलीको स्कोर १६० मा पुर्याएका थिए । अन्तिम दुई ओभरमा ७ रन मात्र जोड्दै दील्लीले ५ विकेट गुमाएको थियो ।

मुम्बईका पियुष चावला र जेसन बेहरेन्डर्फले ३–३ विकेट लिए । रिले मेरिडिथले २ र ऋतिक शोकिनले एक विकेट लिए । एक ब्याटर रन आउट भए । ओपनर रोहित शर्मा (४५ बलमा ६५) र इशान किशन (२६ बलमा ३१ रन)ले मुम्बईलाई बलियो सुरुवात गराए । किशन आउट भएपछि तिलक वर्माले पनि २९ बलमा ४१ रनको इनिङ खेले । रोहितले दुवैसँग अर्धशतकीय साझेदारी गरे । सूर्यकुमार यादवले खाता पनि खोल्न सकेनन् । अन्त्यमा टिम डेभिड १३ रनमा अविजित रहे र क्यामरुन ग्रीनले १७ रन बनाएर टोलीलाई ६ विकेटको जित दिलाए । दिल्लीका मुकेश कुमारले २ तथा मुस्ताफिजुर रहमानले १ विकेट लिए । एक ब्याटर रन आउट भए ।

मुम्बईका कप्तान रोहित शर्माले आईपीएलमा लामो समयपछि अर्धशतक बनाए । उनले पछिल्लो पटक २३ अप्रिल २०२१ मा पञ्जाब किंग्सविरुद्ध ५२ बलमा ६३ रनको इनिङ खेलेका थिए । उक्त इनिङ्सपछि रोहितले २४ इनिङ खेले तर एकमा पनि ५० भन्दा बढी रन बनाउन सकेका थिएनन् ।

आजको खेलः चेन्नई सुपर किंग्स भर्सेस राजस्थान रोयल्स, साँझ ७ः४५ बजे