२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अव अरुलाई दोष दिएर उम्कन मिल्दैन, हामीले परिणाममुखि काम गर्नुपर्छ– गगन थापा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखि काम गर्न सरकारलाई सुझाव दिनु भएको छ ।

संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको काँग्रेस सहितको सरकारले अव अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उहाँले दोहोर्‍याउनु भयो । मंगलबार काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्व राजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गर्नु भयो ।

उहाँले ५ वर्षपछि नेपाली काँग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताउनु भयो । महामन्त्री थापाले भन्नु भयो, ‘पाँच वर्षको अवधि छ । मैले भनिरहेको छु– म नेपाली काँग्रेसको एउटा कार्यकर्ता हुँ । संघमा काँग्रेसका सरकार, प्रदेशमा काँग्रेसको सरकार, ४ सय भन्दा बढि ठाउँमा गठबन्धन सरकार छ । अघि पूर्वप्रधानमन्त्रीले भनेर गईसक्नु भएको छ । त्यो ठिक, बेठिक छौंडौं । तर आजको रियालिटी यही हो कि हामी संघमा छौं, केन्द्रमा छौं । अव कसैलाई दोष दिएर पाईदैन । अव भूतप्रेतलाई भनेर पनि पाईन्न । भूतपूर्व राजालाई भनेर पनि पाईन्न ।’

‘अव नेकपा एमालेले गरेन, अरुले गरेन भन्न पनि पाईन्न । गर्ने जिम्मा लिएर आएपछि अव हामीले गर्नु पर्छ । अवको पाँच वर्ष पछि शिक्षक संघकै अधिवेशनमा आएर नेपाली काँग्रेसको तर्फबाट बोल्दै गर्दाखेरी यो भयो, यो भयो भनेर बोल्न पाएको पो उपलब्धि भो त । जिम्मा हामीले लिने । संघको सरकार हामीले चलाउने । ५ वर्ष देशको सरकार कसले चलाउने ?काँग्रेसले चलाउने । प्रदेश र स्थानीय सरकार हामीले चलाउने । अव कसैलाई दोष पन्छाएर पाईन्न । परिणाम दिनु पर्छ, रिजल्ट चाहिन्छ । त्यो रिजल्ट दिने कुरामा हामी काम गर्छौ ।’

महामन्त्री थापाले शिक्षकहरुको तलव, भत्ता बढाउन पनि सरकारसँग माग गर्नु भयो । शिक्षकहरुलाई खुशी नबनाई मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरुको आवश्यक्ता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाई गर्न नहुने उहाँको भनाई थियो ।

महामन्त्री थापाले भन्नु भयो, ‘अवको ३/४ महिना भित्र संघीय शिक्षा ऐन पारित गर्नु पर्नेछ । ऐन त पारित गर्ने र तर ठिक बनेन भने के गर्ने ? यो ऐनले समस्या समाधान गर्नु पर्‍यो । अव स्कुल मर्जर गरेर नगई हुँदैन । ठूल्ठूला विद्यालय चाहिन्छ । फण्डिङ त्यही अनुसारको चाहिन्छ । शिक्षकलाई खुशी बनाउने गरी उनीहरुको तलव, मान सम्मानमा सरकार पूरै उदार भएर काम गर्नु पर्दछ । अनि मात्रै शिक्षकहरुको काममा पनि उदारताको अपेक्षा गर्न मिल्छ ।’

महामन्त्री थापाले संघीय शिक्षा ऐन ४ महिना भित्र संसदबाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरुलाई आग्रह गर्नु भयो ।