५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको वित्तीय क्षेत्र सुरक्षित: गभर्नर अधिकारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र सुरक्षित रहेको भन्दै सानातिना धक्काले अर्थतन्त्र अप्ठ्यारोमा नपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारे आयोजित पत्रकार सम्मेलनमा उहाँले चालु खाता घाटा, शोधानान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा सुधार हुँदै गएको जानकारी दिनुभयो ।

वास्तविक क्षेत्रमा आएको शिथिलताले केही अप्ठ्यारो स्थिति सिर्जना भएको थियो भन्दै उहाँले आगामी दिनमा अर्थतन्त्र क्रमश: सुधार हुने बताउनुभयो ।

गभर्नर अधिकारीले मुद्रास्फीति घट्ने क्रममा रहेको र रेमिट्यान्स भित्रिने क्रम बढ्दो अवस्थामा रहेको समेत बताउनुभयो । उहाँका अनुसार मंसिरदेखि फागुनसम्म मासिक १ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।

पत्रकार सम्मेलनमा उहाँले चालु खाता घाटामा उल्लेख्य सुधार आएको जानकारी दिँदै विदेशी विनिमय सञ्चिति सुविधाजनक अवस्थामा रहेको उल्लेख गर्नुभयो ।

गभर्नर अधिकारीले बैंकहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन पनि दिँदै भन्नुभयो, “बैंकिङ प्रणालीमा तरलता सुधार हुँदै गएको छ, ब्याजदर केही माथि नै छ, आधार दर र निक्षेपको औसत ब्याजदर घट्ने क्रममा छ।”




भर्खरै