२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको वित्तीय क्षेत्र सुरक्षित: गभर्नर अधिकारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र सुरक्षित रहेको भन्दै सानातिना धक्काले अर्थतन्त्र अप्ठ्यारोमा नपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारे आयोजित पत्रकार सम्मेलनमा उहाँले चालु खाता घाटा, शोधानान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा सुधार हुँदै गएको जानकारी दिनुभयो ।

वास्तविक क्षेत्रमा आएको शिथिलताले केही अप्ठ्यारो स्थिति सिर्जना भएको थियो भन्दै उहाँले आगामी दिनमा अर्थतन्त्र क्रमश: सुधार हुने बताउनुभयो ।

गभर्नर अधिकारीले मुद्रास्फीति घट्ने क्रममा रहेको र रेमिट्यान्स भित्रिने क्रम बढ्दो अवस्थामा रहेको समेत बताउनुभयो । उहाँका अनुसार मंसिरदेखि फागुनसम्म मासिक १ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।

पत्रकार सम्मेलनमा उहाँले चालु खाता घाटामा उल्लेख्य सुधार आएको जानकारी दिँदै विदेशी विनिमय सञ्चिति सुविधाजनक अवस्थामा रहेको उल्लेख गर्नुभयो ।

गभर्नर अधिकारीले बैंकहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन पनि दिँदै भन्नुभयो, “बैंकिङ प्रणालीमा तरलता सुधार हुँदै गएको छ, ब्याजदर केही माथि नै छ, आधार दर र निक्षेपको औसत ब्याजदर घट्ने क्रममा छ।”