२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो सिजनको आईपीएल इतिहासमै सबैभन्दा बढी उच्च स्कोरको हुन सक्छ



अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा १४ खेल सम्पन्न भईसकेका छन् । अर्थात्, लगभग प्रतियोगिताको ५ भागमा एक भाग सकिएको छ । यस अवधिमा देखा परेका प्रवृत्तिहरू अनुसार हालको सिजन सबैभन्दा धेरै स्कोर हुने संस्करण बन्ने बाटोमा छ । सिजनको १४ खेलमा प्रति ओभर ८ दशमलव ८६ रन बनिरहेको छ । यसले २०१८ को रेकर्ड तोडेको छ । उक्त सिजनको १४ खेलहरूमा ८.६४ प्रति ओभर रन बनेको थियो ।

साथै, पावरप्ले पनि वर्तमान सिजनमा टोलीका लागि ऐतिहासिक साबित हुँदैछ । सन् २०२३ मा पावरप्लेमा टिमले प्रति ओभर ८.१६ रन बनाइरहेका छन्, जुन आईपीएलको इतिहासमा सबैभन्दा उच्च हो । यसबाहेक, पहिले ब्याटिङ गर्ने टोलीले इनिङ्सको कुल २८.७ प्रतिशत पावरप्लेमा मात्र बनाए । यो आँकडा सिजन २०१८ को बराबर तथा संयुक्त रूपमा दोस्रो उच्च हो । केवल २००९ मा टोलीहरूले पावरप्लेमा यसभन्दा धेरै रन बनाएका थिए ।

२८ मध्ये ९ इनिङ्समा १२ ओभरमा मात्रै १०० रन पुग्यो । यो पहिलो पटक भएको हो । २०१८ पहिले १४ खेल पछि, टोली ७ पटक १२ ओभरमा १०० रन पुगेको थियो । राजस्थानले सिजनमा हैदरावादविरुद्ध ७.४ ओभरमा नै १०० रनको आँकडा छोएको थियो ।

पहिलो इनिङ्सको औसत स्कोर १८१, आठ पटक १९० रन माथि
१९० रन माथिको स्कोर विजयको ग्यारेन्टी बनिरहेको छ । १४ खेलको पहिलो इनिङ्समा ८ पटक १९० माथि रन बनेको छ । लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बैंगलोविरुद्ध र कोलकाता नाइट राईडर्सले गुजरातविरुद्ध यो स्कोर पछ्याउन सकेको छ । लखनउले सोमबार मात्रै बैंगलोरले दिएको २१३ रनको लक्ष्य पछ्याएर जित निकालेको थियो भने कोलकाताले गत आईतबार गुजरातले दिएको २०५ रनको लक्ष्य पछ्याएर जित निकालेको थियो । पहिलो इनिङ्समा औसतमा १८१ रन बनिरहेका छन् । सबैभन्दा ठूलो स्कोर चेन्नई सुपर किंग्स (२१७) र सबैभन्दा कम (१२१) सनराइजर्स हैदरावादको को नाममा छ ।