३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रको निराशा लामो समय जाँदैन: गोल्छा



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको निराशाजनक अवस्था लामो समय नरहने बताउनुभएको छ । मंगलबार महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा कोभिड–१९बाट जोगाउन सकेको अर्थतन्त्र आफ्नै कमजोरीले अप्ठ्यारोमा परेको बताउनुभयो ।

अहिलेको समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने भन्दै अध्यक्ष गोल्छाले उद्योग धन्दा र निजी क्षेत्र समस्यामा परे सरकार र बैंक सबैलाई अप्ठ्यारो पर्ने उहाँले धारणा राख्नुभयो ।

अर्थतन्त्रलाई सहज अवस्थामा ल्याउन सहजीकरणका लागि सम्बन्धित निकायलाई आग्रह गर्दै उहाँले अवस्था परिवर्तनका लागि काम गर्न सुझाव दिनुभयो।

लोकप्रियताभन्दा पनि दिगो योजना बनाएर दिगो आर्थिक वृद्धिका लागि काम गर्न सरकारलाई सुझाव दिँदै उहाँले नेपाली उद्योगलाई सहुलियतमा बिजुली उपलब्ध गराउन आग्रह गर्नुभयो ।

महासंघ सरकार विरुद्ध आान्दोलित हुन संगठित नभएको अध्यक्ष गोल्छाको भनाइ थियो । नेपालसँगै विश्व बजारमा छिरेका देशहरु धेरै माथि पुगेका उदाहरणले नेपाल पनि पुग्न सक्ने उहाँले बताउनुभयो ।