२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा अनुशासन आयोगको बैठक बस्दै, सांसद श्रेष्ठको अडिओ प्रकरणबारे छलफल हुने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आज पार्टीको अनुशासन आयोगको बैठक बस्दैछ ।

सांसद सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छानबिन गर्न बैठक बस्न लागेको हो ।

पार्टी कार्यालय बसुन्धारामा बस्न लागेको बैठकबिहान ११ बजे बस्ने भएको छ । बैठकले सांसद श्रेष्ठले सोमवार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ ।

सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने ? त्यसका बारेमा केन्द्रिय समितिले निर्णय लिनेछ ।