२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा अनुशासन आयोगको बैठक बस्दै, सांसद श्रेष्ठको अडिओ प्रकरणबारे छलफल हुने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आज पार्टीको अनुशासन आयोगको बैठक बस्दैछ ।

सांसद सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छानबिन गर्न बैठक बस्न लागेको हो ।

पार्टी कार्यालय बसुन्धारामा बस्न लागेको बैठकबिहान ११ बजे बस्ने भएको छ । बैठकले सांसद श्रेष्ठले सोमवार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ ।

सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने ? त्यसका बारेमा केन्द्रिय समितिले निर्णय लिनेछ ।