• २१ मंसिर २०८०, बिहीबार
  •      Thu Dec 7 2023
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीसँग अमेरिकी राष्ट्रपति बाइडेनकी विशेष सहायक लाउबाचरद्वारा शिष्टाचार भेट ★   इन्टरपोलको महासभामा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता ★   जलवायु परिवर्तन र वायु प्रदूषणको विनाशकारी चक्र तोड्न काठमाडौँसहित विश्वका ८ ठूला सहर प्रमुखहरुको प्रतिबद्धता ★   हरमनप्रीत कौरले धोनी–कोहली जस्ता दिग्गजहरूलाई पछि पारिन् ★   सैंबु खुला ब्याडमिन्टन: सेमिफाइनलका खेलहरु सम्पन्न, फाइनल खेल शनिबार ★   एमालेको सङ्कल्प यात्रा पर्वतमा ★   मन्त्रिपरिषद्को बैठक बस्दै ★   चिसोले जमेको पञ्चकुुण्ड तालमा रमाउँदै पर्यटक ★   एनसेल प्रकरण: `अपार करछलि´को गहिरो अनुसन्धान जरुरी : महामन्त्री शर्मा ★   म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई हरायो

एकैदिन प्रतितोला रु एक हजार २०० ले वढ्यो सुनको मूल्य



काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार २०० ले बढेर रु ९६ हजार ७०० पुगेको छ । फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला रु ९५ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार २०० कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९५ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार ३२० पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७८ डलर आसपास कारोबार भइरहेको छ ।