२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल आजः दिल्ली र मुम्बई भिड्दै, पुछारका दुई टोली पहिलो जितको खोजीमा



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लिग चरणको खेलमा दिल्ली क्यापिटल्स (डिसी) र मुम्बई इन्डियन्स (एमआई) बीच खेल हुँदैछ । खेल दिल्लीको अरुण जेटली स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

अर्कोतर्फ आज दुवै टोली मैदानमा उत्रिएपछि उनीहरुको नजर यस सिजनमा आफ्नो अंकको खाता खोल्नेतर्फ केन्द्रित हुनेछ । दिल्लीले हारको ह्याट्रिक गर्दै १६ औं संस्करणको आईपीएल यात्रा जारी राख्दा मुम्बई इन्डियन्सले पनि दुई खेलमा हार बेहोरेको छ ।

यो सिजन दिल्ली क्यापिटल्सको सुरुवात राम्रो हुन सकेन । उसले सुरुवाती तीन खेलमा हार बेहोरेको छ । टोली पहिलो जितको खोजीमा छ । दिल्ली पहिलो खेलमा लखनउसँग ५० रनले, दोस्रो खेलमा गुजरातसँग ६ विकेटले र तेस्रो खेलमा राजस्थानसँग ५७ रनले पराजित भएको थियो ।

मुम्बई विरुद्धको टोलीका लागि ४ विदेशी खेलाडीमा डेभिड वार्नर, रोभम्यान पावेल, रिले रुसो र एनरिच नोर्ट्या हुन सक्छन् । यिबाहेक अक्षर पटेल, मनिष पाण्डे र कुलदीप यादवले पनि टिमलाई पूर्ण सहयोग गरिरहेका छन् ।

अर्कोतर्फ भारतीय कप्तान रोहित शर्माको नेतृत्वमा रहेको मुम्बईको टोलीले पनि पहिलो दुई खेलमा एकतर्फी हार बेहोरेको थियो । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)सँग ८ विकेटले पराजित भएको थियो भने अन्तिम खेलमा चेन्नई सुपर किंग्स (सीएसके)सँग सात विकेटले पराजित भएको थियो ।

दिल्ली विरुद्धको टोलीका लागि ४ विदेशी खेलाडीमा क्यामरन ग्रीन, ट्रिस्टन स्टब्स, टिम डेभिड र जेसन बेहरेनडोर्फ हुन सक्छन् । यी बाहेक रोहित शर्मा, इशान किशन र सूर्यकुमार यादवले पनि टोलीलाई बलियो बनाएका छन् ।

हेड टु हेड
आईपीएलको यो सिजनमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स पहिलो पटक आमनेसामने हुँदैछन् । तर, यी दुई टोलीबीचको आइपीएल खेलका आधारमा यदि हेड टु हेडको कुरा गर्ने हो भने यी दुई कुल ३२ खेलमा भिडेका छन् । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले १७ खेल जितेको छ भने दिल्लीले १५ खेल जितेको छ ।

दिल्लीको अरुण जेटली स्टेडियमको पिचले ब्याट्सम्यानलाई सहयोग गर्छ । यो मैदान एकदमै सानो छ, जसका कारण ब्याट्सम्यानले सजिलै ठूला प्रहार गर्न सक्छन् । खेलको दिन दिल्लीको मौसम सफा हुने, अझै गर्मी हुने अनुमान गरिएको छ । तापमान २३ देखि ३७ डिग्री सेल्सियस बीच हुनेछ । पानी पर्ने सम्भावना छैन ।

दुबै टिमका सम्भावित सुरुवाती–११
दिल्ली क्यापिटल्सः डेभिड वार्नर (कप्तान), अभिषेक पोरेल (विकेटकीपर), रोभमान पावेल, रिले रुसो, मनिष पाण्डे, अक्षर पटेल, कुलदीप यादव, ललित यादव, एनरिक नोर्त्या, मुकेश कुमार र खलील अहमद ।

मुम्बई इन्डियन्सः रोहित शर्मा (कप्तान), इशान किशन (विकेटकीपर), क्यामरन ग्रीन, सूर्यकुमार यादव, तिलक वर्मा, ट्रिस्टन स्टब्स, टिम डेभिड, जेसन बेहरेनडोर्फ, अरशद खान, रितिक शोकिन र पियुष चावला ।

अंकतालिकाः