१० श्रावण २०८३, आईतवार
,
Latest
एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल आजः दिल्ली र मुम्बई भिड्दै, पुछारका दुई टोली पहिलो जितको खोजीमा



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लिग चरणको खेलमा दिल्ली क्यापिटल्स (डिसी) र मुम्बई इन्डियन्स (एमआई) बीच खेल हुँदैछ । खेल दिल्लीको अरुण जेटली स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

अर्कोतर्फ आज दुवै टोली मैदानमा उत्रिएपछि उनीहरुको नजर यस सिजनमा आफ्नो अंकको खाता खोल्नेतर्फ केन्द्रित हुनेछ । दिल्लीले हारको ह्याट्रिक गर्दै १६ औं संस्करणको आईपीएल यात्रा जारी राख्दा मुम्बई इन्डियन्सले पनि दुई खेलमा हार बेहोरेको छ ।

यो सिजन दिल्ली क्यापिटल्सको सुरुवात राम्रो हुन सकेन । उसले सुरुवाती तीन खेलमा हार बेहोरेको छ । टोली पहिलो जितको खोजीमा छ । दिल्ली पहिलो खेलमा लखनउसँग ५० रनले, दोस्रो खेलमा गुजरातसँग ६ विकेटले र तेस्रो खेलमा राजस्थानसँग ५७ रनले पराजित भएको थियो ।

मुम्बई विरुद्धको टोलीका लागि ४ विदेशी खेलाडीमा डेभिड वार्नर, रोभम्यान पावेल, रिले रुसो र एनरिच नोर्ट्या हुन सक्छन् । यिबाहेक अक्षर पटेल, मनिष पाण्डे र कुलदीप यादवले पनि टिमलाई पूर्ण सहयोग गरिरहेका छन् ।

अर्कोतर्फ भारतीय कप्तान रोहित शर्माको नेतृत्वमा रहेको मुम्बईको टोलीले पनि पहिलो दुई खेलमा एकतर्फी हार बेहोरेको थियो । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)सँग ८ विकेटले पराजित भएको थियो भने अन्तिम खेलमा चेन्नई सुपर किंग्स (सीएसके)सँग सात विकेटले पराजित भएको थियो ।

दिल्ली विरुद्धको टोलीका लागि ४ विदेशी खेलाडीमा क्यामरन ग्रीन, ट्रिस्टन स्टब्स, टिम डेभिड र जेसन बेहरेनडोर्फ हुन सक्छन् । यी बाहेक रोहित शर्मा, इशान किशन र सूर्यकुमार यादवले पनि टोलीलाई बलियो बनाएका छन् ।

हेड टु हेड
आईपीएलको यो सिजनमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स पहिलो पटक आमनेसामने हुँदैछन् । तर, यी दुई टोलीबीचको आइपीएल खेलका आधारमा यदि हेड टु हेडको कुरा गर्ने हो भने यी दुई कुल ३२ खेलमा भिडेका छन् । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले १७ खेल जितेको छ भने दिल्लीले १५ खेल जितेको छ ।

दिल्लीको अरुण जेटली स्टेडियमको पिचले ब्याट्सम्यानलाई सहयोग गर्छ । यो मैदान एकदमै सानो छ, जसका कारण ब्याट्सम्यानले सजिलै ठूला प्रहार गर्न सक्छन् । खेलको दिन दिल्लीको मौसम सफा हुने, अझै गर्मी हुने अनुमान गरिएको छ । तापमान २३ देखि ३७ डिग्री सेल्सियस बीच हुनेछ । पानी पर्ने सम्भावना छैन ।

दुबै टिमका सम्भावित सुरुवाती–११
दिल्ली क्यापिटल्सः डेभिड वार्नर (कप्तान), अभिषेक पोरेल (विकेटकीपर), रोभमान पावेल, रिले रुसो, मनिष पाण्डे, अक्षर पटेल, कुलदीप यादव, ललित यादव, एनरिक नोर्त्या, मुकेश कुमार र खलील अहमद ।

मुम्बई इन्डियन्सः रोहित शर्मा (कप्तान), इशान किशन (विकेटकीपर), क्यामरन ग्रीन, सूर्यकुमार यादव, तिलक वर्मा, ट्रिस्टन स्टब्स, टिम डेभिड, जेसन बेहरेनडोर्फ, अरशद खान, रितिक शोकिन र पियुष चावला ।

अंकतालिकाः