२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक



अ+ अ-

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक भएको छ ।

सोमवार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोईराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले बताउनु भयो ।

उहाँले वार्तामा सरकारी वार्ता टोली र आफूहरुले आआफ्ना धारणा राखेको बताउनु भयो । उहाँले मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच भएको पाँचबुँदे सहमतिका विषयमा छलफल गरेको बताउनु भयो । उहाँले यसअघि पीडितहरुसँग यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेस गरेका मागका बारेमा दोहोरो संवाद भएपनि सहमति हुन नसकेको बताउनु भयो ।

उहाँले वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको बताउनु भयो । उहाँले मंगलवार मिटरब्याजी पिडित संघर्ष समितिका संयोजकसहित वार्ता गर्नेगरी वार्ता सकिएको बताउनु भयो । उहाँले मिटरब्याजी पिडितहरु राज्यले समाधान गर्ने विषयमा संवेदनशिल नदेखिएको बताउनु भयो ।