२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ १ मा स्वर्णिम वाग्लेलाई लौरोको समर्थन



अ+ अ-

तनहुँ । हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएको छ ।

यसअघि लौरो अभियानले उक्त क्षेत्रमा विष्णु पराजुलीलाई अघि सारेको थियो । तर, अभियानले पराजुलीको उम्मेदवारीलाई निष्क्रिय पार्दै वाग्लेलाई समर्थन गर्ने निर्णय गरेको हो ।

‘उहाँ आर्थिक क्षेत्रमा अन्तराष्ट्रियरूपमा विज्ञता हासिल गर्नुभएको र हालको अवस्थामा उहाँको विज्ञता नेपालको संसदमा यथाशीघ्र आवश्यकता परेको महसुस गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई हामी सम्पूर्ण वैकल्पिक शक्ति, लौरो अभियान, हाम्रो नेपाली पाट्री र स्वतन्त्र नागरिक समाज ‘नेपाल’ एक भई समर्थन गर्ने निर्णय भएको छ ‘, जारी विज्ञप्तिमा भनिएको छ ।