२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ १ मा स्वर्णिम वाग्लेलाई लौरोको समर्थन



अ+ अ-

तनहुँ । हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएको छ ।

यसअघि लौरो अभियानले उक्त क्षेत्रमा विष्णु पराजुलीलाई अघि सारेको थियो । तर, अभियानले पराजुलीको उम्मेदवारीलाई निष्क्रिय पार्दै वाग्लेलाई समर्थन गर्ने निर्णय गरेको हो ।

‘उहाँ आर्थिक क्षेत्रमा अन्तराष्ट्रियरूपमा विज्ञता हासिल गर्नुभएको र हालको अवस्थामा उहाँको विज्ञता नेपालको संसदमा यथाशीघ्र आवश्यकता परेको महसुस गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई हामी सम्पूर्ण वैकल्पिक शक्ति, लौरो अभियान, हाम्रो नेपाली पाट्री र स्वतन्त्र नागरिक समाज ‘नेपाल’ एक भई समर्थन गर्ने निर्णय भएको छ ‘, जारी विज्ञप्तिमा भनिएको छ ।