२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चनले चिकित्सकको सल्लाहविरुद्ध विज्ञापनमा खेलेको खुलासा



अ+ अ-

एजेन्सी । हैदरावादमा ‘प्रोजेक्ट के’ को सेटमा घाइते भएपछि बलिउड दिग्गज अभिनेता अमिताभ बच्चन बेड रेस्टमा छन् । हालै उनका एक नजिकका साथीले उनको स्वास्थ्यको बारेमा मिडियालाई जानकारी दिएका छन् ।

उनले डाक्टरको सल्लाह विरुद्ध अमिताभ बच्चनले करिब एक साताअघि विज्ञापन खिचेको बताए । यस क्रममा अमिताभ चोटपछि पहिलो पटक घरबाट बाहिर निस्केका थिए ।

चोटपछि अमिताभलाई पूर्ण आराम गर्न सल्लाह दिइएको थियो । आईटाईम्सको रिपोर्ट अनुसार अमिताभ बच्चनले विज्ञापन शूट गर्ने प्रतिबद्धता जनाएका थिए । तर, सुटिङमा ढिलाइका कारण आफू निको नभए पनि अमिताभले सुटिङ जारी राखे ।

हैदरावादमा फिल्म ‘प्रोजेक्ट के’ को सुटिङका ​​क्रममा अमिताभ बच्चन घाइते भएका थिए । उनको करङ भाँचिएको थियो र मांसपेशीमा पनि समस्या आएको थियो ।

उनका नजिकका साथीका अनुसार अमिताभ बच्चन जतिसक्दो चाँडो निको हुन चाहन्छन् तर उनको रिकभरी प्रक्रिया निकै सुस्त रहेको छ । यस्तो अवस्थामा उनले बढी धपडी र जोखिम लिनबाट जोगिनु पर्छ ।