५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याज पीडितहरुको समस्या समाधानबारे संसदलाई तत्काल जानकारी गराउन सांसद पौडेलको माग



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका नेकपा (एमाले)की सांसद डा. बिमला राई पौडेलले मिटरब्याज पीडितहरुको समस्या समाधानबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।

मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने भनेर सरकारले वार्ता टोली बनाएको तर के भईरहेको छ ? भन्ने थाहा नपाएकाले संसदलाई सो बारे सरकारले तत्काल जानकारी गराउनुपर्ने सांसद पौडेलको भनाई छ ।

सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि आफूहरुले पनि संसदमा कुरा उठाएको तर त्यसको सुनुवाई भएजस्तो नलागेको पनि बताउनु भयो ।

सांसद पौडेलले भन्नु भयो, ‘गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । मिटरब्याज पीडितहरु काठमाडौंमा आउनु भयो । धर्ना बस्नु भयो । सरकारलाई दु:ख पनि देखाउनु भयो । सांसदहरुसँग पनि भेटनु भयो । हामीले संसदमा कुरा पनि उठायौं । वार्ता समिति बन्यो । अव के भयो ? हामी कहाँ छौं ? त्यो समस्या समाधान भयो कि भएन ? त्यो विषयमा गृह मन्त्रालयले हामीलाई एक चोटी भनिदिए हुन्थ्यो भन्ने अनुरोध छ ।’

सांसद पौडेलले मिटरब्याज पीडितहरुको दु:खमा साथ दिने काममा सरकारले ढिलाई गर्न नहुने पनि बताउनु भयो ।