९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद श्रेष्ठले दुई करोड मागेको विषय रास्वपाद्वारा सदनमा जानकारी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको विषय संसद्लाई जानकारी गराएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले मन्त्री बन्नका लागि आफ्ना सांसद श्रेष्ठले मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग टेलिफोनबाट दुई करोड रुपैयाँ मागेको विषय संसद्लाई जनकारी गराउनुभएको हो ।

बैठकमा उहाँले यो विषयमा पार्टीले गम्भीर रुपमा लिएको र छानबिन भइरहेको भन्दै श्रेष्ठलाई यसबारे स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो ।

प्रमुख सचेतक परियारले यो घटनाबाट संसद्को गरिमामा परेको आँचप्रति क्षमा माग्दै विगतमा भएका यस्ता घटनाहरु पनि छानबिनको दायरामा आउनुपर्ने बताउनुभयो ।