२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी प्रिमियर कप अघि ओमानले नेपालसँग अभ्यास खेल खेल्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । आगामी साता नेपालमा  एसीसी प्रिमियर कप हुन लागेको छ । प्रिमियर कप अघि ओमानले घरेलु टोली नेपालसँग अभ्यास खेल खेल्ने भएको छ ।

क्रिकेट ओमानले कप अघि नेपाल र बहराइनसँग अभ्यास खेल खेल्ने जनाएको छ । जसको लागि ओमान राष्ट्रिय क्रिकेट टोली आज सोमबार साँझ नेपाल आईपुग्ने भएको छ ।

ओमानले चैत्र ३० (अप्रिल १३ मा) मा बहराइनसँग र नेपालसँग वैशाख २ (अप्रिल) १५ मा अभ्यास खेल खेल्नेछ । यद्यपी नेपालले अभ्यास खेल मुलपानी वा टियु मध्ये कहाँ खेलाउने भन्ने पक्का गरेको छैन ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बन्द प्रशिक्षणमा रहेका टोलीले नै अभ्यास खेल खेल्ने तर कहाँ खेल्ने भन्ने बारे छलफल हुन बाँकि रहेको बताए । उनले भने, ‘अभ्यासको लागि कुरा भएको छ । अहिले बन्द प्रशिक्षणमै रहेको नेपालको टोलीले नै अभ्यास खेल खेल्ने हो । माथिल्लो मुलपानी या टियुमा खेल्ने कुरा छ । आज सबै थाहा हुन्छ’ ।

एसीसी प्रिमियर कप १८ अप्रिल देखि १ मे सम्म टियु र मुलपानी मैदानमा हुनेछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया रहेका छन् । समूह बी मा हङकङ, युएई, कुवेत, सिंगापुर र बहरान छन् ।

हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

क्रिकेट ओमानले आईतबार १४ सदस्यीय टोली घोषणा गरेको थियो ।

ओमानको टोली:

जिशान मकसुद (कप्तान), अकिब इलायस (उप-कप्तान), जय ओडेडेरा, कलिमुल्लाह, शोएब खान, कश्याप प्रजापति, अदील शफिक (विकेटकिपर), जतिन्दर सिंह, मोहम्मद नदिम, सन्दीप गौड, बिलाल खान, आयन खान, नसिम खुसी (विकेटकिपर) र फैज बुट ।