२१ असार २०८३, आईतवार
,
Latest
मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी प्रिमियर कप अघि ओमानले नेपालसँग अभ्यास खेल खेल्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । आगामी साता नेपालमा  एसीसी प्रिमियर कप हुन लागेको छ । प्रिमियर कप अघि ओमानले घरेलु टोली नेपालसँग अभ्यास खेल खेल्ने भएको छ ।

क्रिकेट ओमानले कप अघि नेपाल र बहराइनसँग अभ्यास खेल खेल्ने जनाएको छ । जसको लागि ओमान राष्ट्रिय क्रिकेट टोली आज सोमबार साँझ नेपाल आईपुग्ने भएको छ ।

ओमानले चैत्र ३० (अप्रिल १३ मा) मा बहराइनसँग र नेपालसँग वैशाख २ (अप्रिल) १५ मा अभ्यास खेल खेल्नेछ । यद्यपी नेपालले अभ्यास खेल मुलपानी वा टियु मध्ये कहाँ खेलाउने भन्ने पक्का गरेको छैन ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बन्द प्रशिक्षणमा रहेका टोलीले नै अभ्यास खेल खेल्ने तर कहाँ खेल्ने भन्ने बारे छलफल हुन बाँकि रहेको बताए । उनले भने, ‘अभ्यासको लागि कुरा भएको छ । अहिले बन्द प्रशिक्षणमै रहेको नेपालको टोलीले नै अभ्यास खेल खेल्ने हो । माथिल्लो मुलपानी या टियुमा खेल्ने कुरा छ । आज सबै थाहा हुन्छ’ ।

एसीसी प्रिमियर कप १८ अप्रिल देखि १ मे सम्म टियु र मुलपानी मैदानमा हुनेछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया रहेका छन् । समूह बी मा हङकङ, युएई, कुवेत, सिंगापुर र बहरान छन् ।

हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

क्रिकेट ओमानले आईतबार १४ सदस्यीय टोली घोषणा गरेको थियो ।

ओमानको टोली:

जिशान मकसुद (कप्तान), अकिब इलायस (उप-कप्तान), जय ओडेडेरा, कलिमुल्लाह, शोएब खान, कश्याप प्रजापति, अदील शफिक (विकेटकिपर), जतिन्दर सिंह, मोहम्मद नदिम, सन्दीप गौड, बिलाल खान, आयन खान, नसिम खुसी (विकेटकिपर) र फैज बुट ।




भर्खरै