• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर ★   एमालेलक्षित झलनाथको टिप्पणी: काँग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन ★   रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक (भिडियोसहित) ★   प्रेम आले भन्छन् – हैसियत र पिँध नभएको लोटाजस्तो पार्टीको कुनै काम छैन ★   पुरानो सरकार कहिले बिदा हुने यत्तिकै भन्न सकिँदैन: अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिनुहुने ★   विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौं: प्रधानमन्त्री ★   मलेसियाको क्वालालम्पुर विमानस्थलमा ग्यास चुहावट हुँदा ३९ जना बिरामी

सभामुख घिमिरेद्वारा पहिलोपटक कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान



काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठक बस्दैछ र सो बैठकअघि उहाँले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि कार्यव्यवस्था परामर्श समितिको बैठक पहिलोपटक बस्न लागेको हो । बैठकमा संसदीय समिति र संयुक्त समिति गठनलाई लिएर नियमावली संशोधनका बारेमा छलफल हुने जनाइएको छ ।

साथै संसद्मा विचाराधीन विधेयकहरु अगाडि बढाउने विषयमा पनि समितिको बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सांसदहरु सदस्य छन् ।

यही चैत २३ गते गठन भएको कार्यव्यवस्था परामर्श समिति गठन भएको हो । समितिमा दलहरुका तर्फबाट अजयकुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ्ग, नागिना यादव, पदम गिरी, प्रदिप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सो.शी. (चौधरी), लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाई, हितराज पाण्डे र ज्ञानबहादुर शाही सदस्य हुनुहुन्छ ।