५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख घिमिरेद्वारा पहिलोपटक कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठक बस्दैछ र सो बैठकअघि उहाँले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि कार्यव्यवस्था परामर्श समितिको बैठक पहिलोपटक बस्न लागेको हो । बैठकमा संसदीय समिति र संयुक्त समिति गठनलाई लिएर नियमावली संशोधनका बारेमा छलफल हुने जनाइएको छ ।

साथै संसद्मा विचाराधीन विधेयकहरु अगाडि बढाउने विषयमा पनि समितिको बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सांसदहरु सदस्य छन् ।

यही चैत २३ गते गठन भएको कार्यव्यवस्था परामर्श समिति गठन भएको हो । समितिमा दलहरुका तर्फबाट अजयकुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ्ग, नागिना यादव, पदम गिरी, प्रदिप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सो.शी. (चौधरी), लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाई, हितराज पाण्डे र ज्ञानबहादुर शाही सदस्य हुनुहुन्छ ।