२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिचन्द्रमा स्ववियु निर्वाचन अनिश्चित: तालाबन्दीका कारण प्रक्रिया अगाडि बढेन



अ+ अ-

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु )को निर्वाचन अझै अनिश्चित देखिएको छ ।

आज बिहान ९ देखि ११ बजेसम्म मनोनयन पत्र वितरणको लागि समय तोकिएपनि अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेपछि प्रक्रिया सुरु हुन नसकेको बताइएको छ ।

यसअघि पनि चैत ९ गते निर्वाचन हुने भनिएकोमा ४ गते नै निर्वाचन समितिको कार्यालयमा ताला लगाएपछि निर्वाचन स्थगित भएको थियो ।

चैत ३० गतेलाई मतदानको मिति तोकिएकोमा आज  मनोनयन पत्र दाखिलाको समय तय भएको थियो । तर, अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेपछि प्रक्रिया सुरु हुन सकेको छैन ।