२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातविरुद्ध कोलकाताको रोमाञ्चक जित, रिंकुले ५ बलमा लगातार ५ छक्का प्रहार गरे



अ+ अ-

एजेन्सी । खेलको अन्तिम ५ बलमा रिंकु सिंहको लगातार ५ छक्काको आधारमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२३ मा आइतबार दोस्रो जित हात पारेको छ । कोलकातालेले निकै रोमाञ्चक भिडन्तमा साविक विजेता गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको हो ।

आईपीएलको इतिहासमा यो पहिलो पटक भएको हो, जब कुनै टोलीले अन्तिम ५ बलमा ५ छक्का प्रहार गरेर जित निकालेको हो ।

कोलकाताले अन्तिम ओभरमा २९ रन जोडेको थियो । २० औं ओभरको पहिलो बलमा उमेश यादवले एक विकेट लिए । यसपछि रिंकु सिंहले लगातार ५ छक्का प्रहार गरे । बलर यश दयाल थिए ।

यसरी कोलकाताले अन्तिम ओभरमा ३१ रन बनाएर खेल जित्यो । रिंकुले २१ बलमा ४८ रनको विजयी इनिङ खेले । उनी खेलको प्लेयर अफ द म्याच भए । यो जितसँगै कोलकाता अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको ४ अंक छ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङ थालेको गुजरातले २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनाएको थियो । २०५ रनको लक्ष्य पछ्याएको कोलकाताको टोलीले २० ओभरमा ७ विकेट गुमाएर २०७ रन बनायो ।

कोलकातालाई २४ बलमा ५० रन आवश्यक थियो र टोलीको ६ विकेट बाँकी थियो । यस्तो अवस्थामा गुजरातका कप्तान राशिद खान आफैं बलिङ गर्न आएका थिए । उनले आन्द्रे रसेल, सुनिल नारायण र शार्दुल ठाकुरलाई आउट गर्दै ह्याट्रिक लिए ।

डिफेन्डिङ च्याम्पियन गुजरातले ३३ रनमा ऋद्धिमान साहा (१७ रन)को विकेट गुमाएको थियो । यस्तो अवस्थामा शुभमन गिल (३९ रन) र साई सुदर्शन (५३ रन)ले अर्धशतकीय साझेदारी गर्दै पारीलाई सम्हाले । सुदर्शनले यो सिजनको दोस्रो अर्धशतक प्रहार गरे । त्यसपछि विजय शंकरले २४ बलमा अविजित ६३ रन बनाएर टोलीलाई दुई सयको आँकडा पार गराए ।

२०५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० रनमा पहिलो विकेट गुमाएको थियो । यहाँ गुरबाज (१५ रन) आउट भए । जोसुआ लिटिलले जगदीशन (६ रन) लाई आउट गरेपछि टोली दबाबमा आयो । ३ नम्बरमा भेङ्कटेश र ४ नम्बरमा कप्तान नितिश रानाले ५५ बलमा १०० रनको साझेदारी गर्दै केकेआरलाई समस्याबाट बाहिर ल्याएका थिए । यहाँ नितिश ४५ रन बनाएर आउट भए । कप्तान आउट भएपछि भेङ्कटेशले रिंकु सिंहको साथमा इनिङको नेतृत्व गरेका थिए । अय्यरले ४० बलमा ८३ रन बनाए ।

भेंकटेश आउट भएपछि रासिदले ह्याट्रिक गर्दै खेललाई फर्काए । यहाँ गुजरात सजिलै जित्छ भन्ने लाग्थ्यो, तर उत्साह यहीँ सकिएन । कोलकाताले अन्तिम ओभरमा २९ रन जोडेको थियो । जसलाई रिंकु सिंहले ५ छक्का प्रहार गर्दै खेल जिताए ।