५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल र आर्सनलको रोमाञ्चक बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले बराबरी खेलेको छ ।

आइतबार राति सम्पन्न खेलमा आर्सनलले लिभरपुलसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । लिभरपुलको घरेलु मैदान एनफिल्डमा खेलको आठौं मिनेटमा नै गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै, २८ औं मिनेटमा गाब्रियल जेससले हेडरमार्फत गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । खेलको ४२ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई २–१ को स्थितीमा ल्याए ।

५४ औं मिनेटमा सलाह पेनालटीमा गोल गर्न चुके । उनले पोस्टबाहिर बल प्रहार गरे । यता वैकल्पिक खेलाडीको रुपमा आएका रोबर्टो फिर्मिनोले ८७ औं मिनेटमा गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।

बराबरीको नतिजासँगै शीर्षस्थानको आर्सनललाई उपाधि होडमा धक्का पुगेको छ । उसको ३० खेलबाट ७३ अंक छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ६७ अंक छ । उसले एक खेल कम खेलेको छ । यस्तै लिभरपुल २९ अंकका साथ आठौं स्थानमा रहेको छ ।