२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल र आर्सनलको रोमाञ्चक बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले बराबरी खेलेको छ ।

आइतबार राति सम्पन्न खेलमा आर्सनलले लिभरपुलसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । लिभरपुलको घरेलु मैदान एनफिल्डमा खेलको आठौं मिनेटमा नै गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै, २८ औं मिनेटमा गाब्रियल जेससले हेडरमार्फत गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । खेलको ४२ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई २–१ को स्थितीमा ल्याए ।

५४ औं मिनेटमा सलाह पेनालटीमा गोल गर्न चुके । उनले पोस्टबाहिर बल प्रहार गरे । यता वैकल्पिक खेलाडीको रुपमा आएका रोबर्टो फिर्मिनोले ८७ औं मिनेटमा गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।

बराबरीको नतिजासँगै शीर्षस्थानको आर्सनललाई उपाधि होडमा धक्का पुगेको छ । उसको ३० खेलबाट ७३ अंक छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ६७ अंक छ । उसले एक खेल कम खेलेको छ । यस्तै लिभरपुल २९ अंकका साथ आठौं स्थानमा रहेको छ ।